तीन घुम्ती उपन्यासमा लैङ्गिक उत्पीडन र प्रतिरोधी चेतना {Sexual Harassment and Resistance Consciousness In the Tinghumti Novel}

Authors

  • जीवनाथ Jivanath तिवारी Tiwari Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54712

Keywords:

अकिञ्चन, अनाथालय, सहवास, निषेधाज्ञा, उपासिकाहरू, असती, Akinchan, Prohibition, Worshipers, Cohabitation, Orphanage

Abstract

उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती उपन्यासले इन्द्रमायाका माध्यमबाट नेपाली समाजमाविद्यमान पितृसत्ताको उत्पीडन तथा विभेदलाई अभिव्यक्त गरेको छ । नेपाली समाजको विकासमा युगौंदेखि सामन्तवादी संस्कारको प्रभाव रहेको देखिन्छ । सामन्ती समाजको परिवारमा सामन्तवादको प्रभाव रहेको देखिन्छ । नेपाली समाजमा पुरुषको शासकीय वर्चस्व रहेको पाइन्छ । सामन्ती समाजमा परिवारभित्र बाबुको भूमिका रहेको देखिन्छ । नेपाली समाजमा पनि परिवारभित्र बाबुको भूमिका प्रमुख रहेको पाइन्छ । छोराहरूलाई बाबुको सम्पतिको हकदार मानिने कुरा वर्तमानमा पनि कायम रहेको देखिन्छ । समाजमा महिलाको भूमिका स्वतन्त्र रहेको देखिँदैन, किनभने नारीको विवाह नहुँदासम्म उसले बाबुको रेखदेखमा चल्नुपर्ने हुन्छ त्यस्तै विवाहपछि पतिका आदेशमा चल्नुपर्ने हुन्छ भने बुढ्यौलीमा छोराको अधिनमा जीवन चलाउनुपर्ने भएकाले उनीहरू जन्मदेखि मृत्यु नहुँदासम्म पुरुषकै बन्धनमा रहेको देखिन्छ । नारीलाई स्वतन्त्रता चाँहिदैन भन्ने नेपालीसमाजको क्रियाकलाप विपरीत इन्द्रमायाले जन्म घरमा बाबुको आज्ञा अवज्ञा गरी पर्वते बाहुन केटालाई आफैपति वरण गर्नु, विवाह घरमा पतिसँग मात्र सहवास गरेर बच्चा जन्माउनुपर्ने सामाजिक परम्परा विपरीत अन्य पुरुषबाट गर्भधारण गरेर छोरी जन्माउनु, पति र छोरी मध्ये एकलाई रोज्नुपर्दा मातृत्वलाई महतव दिएर पतिको सहाराविना पनि नारीहरूले जीवन चलाउन सक्छन् भन्ने प्रतिरोधी चेतना प्रस्तुत गरेकी छ । उसको पितृसत्ताविरुद्धको विद्रोहले सचेत नारीहरु लैङ्गिक विभेदका लागि सङ्र्ष गरेर आफ्नो स्वपन कायम राख्न सक्षम रहेको देखिन्छ ।

{Novelist Bishweshwar Prasad Koirala's Tinghumti novel has expressed the oppression and discrimination of patriarchy in Nepali society through Indramaya. Feudal culture seems to have influenced the development of Nepali society for ages. Feudalism seems to have an influence on the family of feudal society. In Nepali society, male domination is found. In feudal society, the role of father seems to be within the family. In Nepali society too, the role of father is found to be prominent in the family. The fact that sons are considered to be entitled to father's property seems to be maintained even today. The role of women in the society does not seem to be independent, because a woman has to be under the care of her father till she gets married. Contrary to the Nepali society's practice that women do not want freedom, Indramaya disobeys her father's orders at home and chooses a mountain Brahmin boy as her own husband. It has presented a resistance consciousness that women can lead a life even without the support of their husbands. Her revolt against patriarchy seems to have enabled conscious women to maintain their dream by fighting for gender discrimination.}

Downloads

Download data is not yet available.
Abstract
8
PDF
11

Author Biography

जीवनाथ Jivanath तिवारी Tiwari, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

Assistant Lecturer

Downloads

Published

2023-05-10

How to Cite

तिवारी Tiwari ज. J. (2023). तीन घुम्ती उपन्यासमा लैङ्गिक उत्पीडन र प्रतिरोधी चेतना {Sexual Harassment and Resistance Consciousness In the Tinghumti Novel}. Pragyan, 6(1), 93–102. https://doi.org/10.3126/pragyan.v6i1.54712

Issue

Section

Articles