इथरमा कोरिएको प्रेमपत्र नाटकको विश्लेषण
DOI:
https://doi.org/10.3126/pragya.v14i2.90791Keywords:
इथर ब्रह्माण्ड, अन्तरिक्ष अन्वेषण, नायिकीय, ग्रह नक्षत्र, आणविक, विज्ञान नाटक, न्युक्लियर व्याक्टेरियोलोजी, स्वैरकाल्पनिक निमाहरूAbstract
सरुभक्त प्रयोगवादी नेपाली नाटककार हुन् । उनी विज्ञान नाटककारका रूपमा परिचित छन् । उनले साहित्यका विविध विधामा कलम चलाएका छन् तापनि मूलभूत पहिचानको क्षेत्र भने नाटक विधा नै हो । यस आलेखमा उनले लेखेका थुप्रै नाटकमध्ये ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको विश्लेषण गरिएको छ । यो ज्ञान विषयमा आधारित भएर लेखिएको एक पूर्णाङ्की नाटक हो । विषयवस्तु चयन, पात्र चयन, संवाद प्रक्रियाको आयोजना एवम् दृश्ययोजनाका दृष्टिले यसलाई विज्ञान नाटकको कोटिमा राखेर विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा नाट्यतत्त्वलाई आधार मानिएको छ । ‘इथर’ नाट्यसङ्ग्रहभित्र सङ्ग्रहित ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको मुख्य उद्देश्य र सन्देश प्रतिकात्मक रहेको छ । काल्पनिक परिवेशको सृजना गरेर लेखिएको यस नाटकमा काल्पनिक वा प्रतीकात्मक रूपमा ब्रह्माण्डमा लेखिएको प्रेमपत्र भन्ने सन्देश दिई प्रेमलाई पत्रि, विज्ञानले आविष्कार गरेका मन्त्रले मानवको रक्षा गर्नुपर्छ भन्ने आशय प्रकट गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit