प्रतिध्वनिहरू विस्मृतिका उपन्यासमा विश्वदृष्टि
DOI:
https://doi.org/10.3126/pragya.v14i2.90785Keywords:
जीवनपद्धति, प्रथा, मानव अधिकार, सामाजिक सम्बन्ध, श्रेणीबद्धAbstract
लीलबहादुर क्षत्रीको प्रतिध्वनिहरू विस्मृतिका उपन्यासमा विश्वदृष्टिसम्बन्धी लेखमा साहित्यको समाजशास्त्रीय सिद्धान्तलाई आधार बनाएर यसको प्रयोगका बारेमा उल्लेख गरिएको छ । यस लेखमा क्षत्रीद्वारा लेखिएको प्रतिध्वनिहरू विस्मृतिका उपन्यासलाई मूल आधार बनाइएको छ । यसमा क्षत्रीले हाम्रो देशमा मात्र नभएर भारतका अधिकांश भूभागमा पनि पूर्वीय दर्शन, रीतिरिवाज, परम्परा र सभ्यता समाजका उस्तै रूपमा कायम रहेको कुरालाई प्रस्तुत उपन्यासमा विश्वदृष्टिका माध्यमबाट देखाएका छन् । उक्त समयमा पनि समाजका धनीमानी र सामन्ती वर्गका साथै गरिब, विपन्न, पिछडिएका, अशिक्षित र सोझासिधा व्यक्तिले पनि आफ्नो संस्कृतिको जगेर्ना गरेको प्रसङ्गलाई विश्वदृष्टिका रूपमा देखाइएको छ । आफूले मान्दै आएका धर्म, परम्परा र सभ्यताका गतिविधिका प्रसङ्गमा त्यतिबेलाको युगमा सबै वर्ग, जाति र सम्प्रदायका व्यक्तिले आफूले मान्ने संस्कृतिप्रति खुब सचेत र सजक बनेर लागेका प्रसङ्गलाई एक ठाउँबाट मात्र नभएर हरेक ठाउँबाट हेर्नुपर्ने हुन्छ । उक्त कारणले गर्दा यस उपन्यासमा तत्कालीन समाजका व्यक्तिले अपनाउने चाडपर्व, भेषभूषा, रीतिरिवाज, पेशा, रोजगार र शिक्षाका कारण उत्पन्न भएका सामाजिक असमानताका पक्षलाई यसमा उल्लेख गरिएको विश्वदृष्टिसम्बन्धी दृष्टिकोण मान्न सकिन्छ । यसैले यिनै माथिका कारणले गर्दा म पात्रसँग जोडिएर आएका पात्रका गतिविधिलाई प्रस्तुत उपन्यासका आधारमा विश्वदृष्टिका माध्यमबाट उल्लेख गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit