‘उज्यालाको पर्खाल’ कथामा अभिव्यक्त विश्वदृष्टि र संरचनाको समानधर्मिता
DOI:
https://doi.org/10.3126/pragya.v13i2.78800Keywords:
व्यक्तिवादी सोच, सम्भावित चेतना, मातृत्व, उत्पत्तिमूलक संरचनावाद, सामूहिक चेतनाAbstract
प्रस्तुत लेख मूलतः लुसिएँ गोल्डमानको विश्वदृष्टि र संरचनाको समानधर्मिताको सैद्धान्तिक आधारमा केन्द्रित रही भागीरथी श्रेष्ठको ‘उज्यालाको पर्खाल’ कथामा अभिव्यक्त विश्वदृष्टि र संरचनाको समानधर्मिताको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । ‘उज्यालाको पर्खाल’ कथामा अभिव्यक्त विश्वदृष्टि र संरचनाको समानधर्मिताको स्वरूप केकस्तो रहेको छ र विश्वदृष्टि र संरचनाको समानधर्मितालाई ‘उज्यालाको पर्खाल’ कथामा कसरी अभिव्यक्त गरिएकोछ भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाटसामाग्री लिई विश्वदृष्टि र संरचनाको समानधर्मितासम्बन्धी सैद्धान्तिक आधारलाई पाठ विश्लेषणको मुख्य विधिको रूपमाअँगालिएको छ । कथा विश्लेषणका क्रममा कृतिमा प्रयुक्त पात्र वृद्धा आमाले आफ्नो सन्तानमाथि विश्वास र भरोसा गर्नु स्वभाविक हुँदाहुँदै पनि त्यस विश्वास र भरोसालाई ती सन्तानले लत्याएको सन्दर्भलाई कथाले उजागर गरेको छ । यसको प्रमुख कारण भनेको पुँजीवादी समाजले सिर्जना गरेको व्यक्तिवादी विश्वदृष्टि नै हो । यस विश्वदृष्टिले निम्त्याएको निराशावादी र तिरस्कारको विश्वदृष्टिलाई प्रखर रूपमा अभिव्यञ्जित गरिएको छ र तत्कालीन समाजको सामूहिक चेतना र आज अभिव्यक्त भएको समाजको चेतनासँग पनि प्रबल समानधर्मिता कायम गरेकोले यस कथा विश्वदृष्टि र संरचनाको समानधर्मिताका परिप्रेक्ष्यबाट सबल र उत्कृष्ट रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit