नेपालको विकासमा कोभिड - १९ र त्यसपछिको अर्थतन्त्रले पारेको असर : एक समीक्षा

Authors

  • गोकर्णप्रसाद Gokarnaprasad ज्ञवाली Gnawali पाटन संयुक्त क्याम्पस, ललितपुर

DOI:

https://doi.org/10.3126/pragya.v12i02.64212

Keywords:

संवृद्धि र दिगो विकास, बहुआयामिक प्रक्रिया, कोभिड-१९

Abstract

विकास एक निरन्तर प्रक्रिया हो जसका विभिन्न पक्ष तथा क्षेत्रहरु रहेका हुन्छन र यो बहुआयामिक हुन्छ । सामान्यतया यसलाई सामाजिक, आर्थिक र मानव विकासको रुपमा व्याख्या गरिएको पाइन्छ । विश्वमा सन् १९२० को दशकमा सुरु भएको योजनावद्ध विकास नेपालको सन्दर्भमा सुरुआत भएको करिब ७० वर्ष पुगेको छ । यो विचमा विकास प्रक्रियाले के कति उपलब्धि हासिल गर्याे ? विकास का समस्याहरु के के छन ? भन्ने कुराको विश्लेषण गर्नुपर्ने समय समेत भएको सन्दर्भमा चालु पन्ध्रौ आवधिक योजना र दीर्घकालीन सोचको अवधारणा अघि सारिएको थियो । विकास को यो निरन्तर प्रक्रियामा कोभिड-१९ ले ठुलो अवरोध सिर्जना गर्नुका साथै सो भन्दा पछिको विश्व अर्थतन्त्रमा आएको परिवर्तनले विश्व लगायत सिंगो नेपालको विकास प्रक्रियालाई केही वर्षपछि समेत धकेलेको देखिन्छ । नेपालको विकासका मुख्य पक्ष मानिएका वार्षिक बजेट, आवधिक योजनाहरू, प्रदेश तथा स्थानीय सरकारका विकास कार्य योजनाहरू, विकासको दीर्घकालीन सोच, दिगो विकास लक्ष्य, राष्ट्रिय गौरवका आयोजनाहरू आदिको कार्यान्वयनमा कोभिड -१९, सो पछिको विश्व र नेपालको अर्थतन्त्र र यसको नेपालमा परेको प्रभावको कारणले अस्त व्यस्त बनिरहेका छन् । द्वितीय तथ्यांकमा आधारित रही तयार पारिएको यो लेखले विकास, विकासका आयामहरू, कोभिड -१९ र यस पछिको अर्थतन्त्रले विकास का विभिन्न पक्षहरुमा पारेको असरको विश्लेषण गर्ने छ ।

Downloads

Download data is not yet available.
Abstract
6
PDF
5

Author Biography

गोकर्णप्रसाद Gokarnaprasad ज्ञवाली Gnawali, पाटन संयुक्त क्याम्पस, ललितपुर

मानवशास्त्र विभाग

Downloads

Published

2023-12-31

How to Cite

ज्ञवाली Gnawali ग. G. (2023). नेपालको विकासमा कोभिड - १९ र त्यसपछिको अर्थतन्त्रले पारेको असर : एक समीक्षा. Patan Pragya, 12(02), 137–138. https://doi.org/10.3126/pragya.v12i02.64212

Issue

Section

Articles