गण्डकी क्षेत्रमा प्रचलित लोकनाच {Folk Dance Popular in Gandaki Region}

Authors

  • दीनदयाल Dindayal रेग्मी Regmi

DOI:

https://doi.org/10.3126/pragya.v8i01.42450

Keywords:

लोकसंस्कृति, भौगोलिक विविधता, गण्डकी क्षेत्र, Folk culture, geographical diversity, gandaki region

Abstract

नेपाल लोकसंस्कृतिले सम्पन्न देशहरूमध्येको एउटा देश हो । नेपालमा आआप्नै संस्कृतिलाई
आत्मसात गर्दै जीवन बिताएका धेरै जाति तथा समुदाय र विविध भाषाभाषीहरूको बसोवास रहेको छ ।
हिमाल, पहाड र तराईले सुसज्जित भएको यस देशमा भौगोलिक विविधता रहेको छ । यहाँका प्रत्येक
जात, जाति तथा समुदायका आआप्नै प्रकारका फरकफरक लोकसंस्कृति छन् । यहाँका हिमाली, पहाडी
र तराई क्षेत्रमा बसोवास गर्नेहरूका संस्कृति एकअर्का ठाउँका व्यक्तिलाई नौला खालका अनुभव हुन्छन् ।
पहाडी क्षेत्रमा पनि एउटा क्षेत्र, जिल्ला, भेक तथा गाउँका संस्कृतिमा पनि विविधता पाइन्छ । ती
विविधताभित्र देखापर्ने नेपाली लोकसंस्कृतिको एउटा महत्त्वपूर्ण स्थल नेपालको गण्डकी क्षेत्र पनि हो ।
यस क्षेत्रमा भएका समग्र लोकसंस्कृतिको आफ्नै महत्त्व हुँदा हुँदै पनि यस क्षेत्रमा प्रचलित लोकनृत्यलाई
मात्रै यहाँ चर्चा गर्न खोजिएको छ । उद्देश्य प्राप्त गर्नका लागि स्थलगत र पुस्तकालयीय अध्ययनपद्धति
अवलम्बन गर्दै प्राप्त भएका तथ्यलाई यहाँ विभिन्न बु्ँदामा समेटी प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
80

Downloads

Published

2021-12-31

How to Cite

रेग्मी Regmi द. D. (2021). गण्डकी क्षेत्रमा प्रचलित लोकनाच {Folk Dance Popular in Gandaki Region}. Patan Pragya, 8(01), 237–243. https://doi.org/10.3126/pragya.v8i01.42450

Issue

Section

Articles