ऐतिहासिक भौतिकवादको कसीमा प्रेतकल्प Aaitihasik Bhautikvadko Kasima Pretkalpa

Authors

  • श्रीराम Shreeram न्यौपाने Neupane

DOI:

https://doi.org/10.3126/pragya.v6i1.34439

Keywords:

भौतिकवाद, प्रेतकल्प Pretkalpa

Abstract

यस लेखमा ऐतिहासिक भौतिकवाद के हो; यसले साहित्यलाई कसरी हेर्छ र साहित्यभित्रको अन्तर्वस्तु र रूपको अन्तर्सम्बन्धबारे केकस्तो मान्यता राख्छ भन्ने सैद्धान्तिक पक्षलाई सङ्क्षिप्त रूपमा चिनाइएको छ । प्रकृति, समाज र चिन्तनको समग्र द्वन्द्वात्मक विकासको वैज्ञानिक खोज ऐतिहासिक भौतिकवाद हो भने साहित्यले वर्ग, द्वन्द्व, चेतना र
क्रान्तिको मार्गदर्शन गर्दै समाज रूपान्तरणलाई मूल धेय बनाउँछ । त्यसै गरी वस्तु तथा सङ्घटनालाई निर्माण गर्ने तत्त्व तथा प्रक्रियालाई अन्तर्वस्तु र त्यसको प्रस्तुति, तरिका, शैली तथा संरचना रूप हो । यसका आधारमा साहित्यका विभिन्न विधामा रचित सृजनाहरूको विश्लेषण गर्न सकिन्छ । नारायण ढकालले प्रेतकल्पउपन्यास ऐतिहासिक भौतिकवादी चिन्तनलाई आधार बनाई रचना गरेका छन् । यस रचनामापूर्वी काठमाडौँको दुःखपुरमा काशीबाट शास्त्री पढेर फर्किएको आर्यसमाजी विचारबाट प्रभावित बालकृष्ण पात्रले फैलाएको विचार, तर्क र व्यवहारबाट स्थापित पुरातन मान्यता भत्कदै क्रमशः नवीन मूल्यको स्थापना हुन थालेको तथ्यलाई द्वन्द्वात्मक रूपमा चिनाइएको छ ।
समाज परिवर्तनको गति चिनाउन यो उपन्यास सफल देखिएको छ । यस लेखमाउक्त रचनामा अन्तर्निहित तत्कालीन शासक वर्गविरुद्ध शोषित निम्न वर्गमा पलाएको शूक्ष्म जागरणका झिल्का र अन्तर्विरोधका स्वरहरूलाई ऐतिहासिक भौतिकवादी कोणबाट चिनाउन खोजिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
247
pdf
220

Downloads

Published

2020-12-31

How to Cite

न्यौपाने Neupane श. S. (2020). ऐतिहासिक भौतिकवादको कसीमा प्रेतकल्प Aaitihasik Bhautikvadko Kasima Pretkalpa. Patan Pragya, 6(1), 239–250. https://doi.org/10.3126/pragya.v6i1.34439

Issue

Section

Articles