ध्रुवचन्द्र गौतमका उपन्यासमा मिथकीय सन्दर्भसार Dhurvachandra Gautamka Upanyasma Mithkiya Sandharbhasar
DOI:
https://doi.org/10.3126/pragya.v6i1.34437Keywords:
मिथकीय Mithakiya, अतिप्राकृत Atiprakrit, अचेतन Achetan, प्रतिकृति Pratikriti, समकालीन samakalin, प्रतीकात्मक PratikatmakAbstract
अङ्ग्रेजी शब्द ‘मिथ’ ९ःथतज० को नेपाली रूपान्तरण ‘मिथक’ हो । साहित्यमा मिथक विषयको स्रोत बनेर आएको हुन्छ । अभिव्यक्तिलाई प्रखर र तीक्ष्ण बनाउन प्रयोगमा आउने मिथक आधुनिक साहित्यमा नयाँ मूल्यवत्ताका साथ प्रकट भएको हुन्छ । ध्रुवचन्द्र गौतमका दर्जनौँ उपन्यासहरूमध्ये ‘अलिखित’ र ‘भीमसेन–४ को खोजी’ उपन्यासमा
आंशिक मिथकको उपयोग गरिएको छ र औपन्यासिक उद्देश्यलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । ‘अलिखित’ उपन्यासमा गरिबी, रोग, अभाव, अशिक्षाले ग्रस्त विरहिनपुर बरेवा गाउँ दुर्योधनले जीवनको अन्तिम अवस्थामा मणि– माणिक्य, सुन–चाँदी आदि धनसम्पत्ति दोरहन्तल तालमा छाडेर गएकोले त्यसैको विश्वास, प्राप्तिको आशा, लोभ
सँगालेर बाँचेको छ । शासकीय शोषण,व्रूmरता, असमानताबाट आव्रmान्त बरेवाबासी महाभारतकालीन मिथकका रूपमा आएको दोरहन्तल तालको किंवदन्तीमा लुकाइएको धनसम्पत्तिको लोभ र आशामा जीवन बिताइदिएको बरेवाको निर्मम यथार्थको चित्रणबाट सिङ्गो देशको यथार्थलाई अभिव्यक्त गर्न उपन्यासको मिथक सफल भएको छ । त्यसैगरी
‘भीमसेनको–४ को खोजी’ उपन्यासमा पनि गरिबी, अभाव, शोषण, विभेद, व्रूmरता र अवसरवादिताले आव्रmान्त समाज चित्रणका लागि उपन्यासकारले महाभारतको मिथकमा रहेको एकचव्रmा नगरीलाई आधार बनाएका छन् । मिथकको एकचव्रmा नगरीमा तर्कासुर नामक व्रूmर, अत्याचारी शासकले शासन गरेको छ । उसले एकचव्रmालाई लुटको स्वर्ग बनाएको छ । गरिबी, अभाव, रोग, भोक, असमानता नियति बनेको त्यस शासनमा चाकडीबाजको र अवसरवादको ठूलो स्थान छ । यतिसम्म कि कुनै आयोगको सदस्य चौपायालाई बनाइएको छ । यसको मतलब विवेक नभएका र चाकडीबाजहरूको बिगबिगी छ । तर्कासुर जनतालाई मनोरञ्जनको साधन ठान्छ र कहिलेकाहीँ नारा जुलुस गर्न
लगाउँछ । शोषित–पीडित जनता जसरी मिथकका भीमसेनले तर्कासुरलाई मारेर अन्याय र शोषणको अन्त्य गरेका थिए, त्यसैगरी भीमसेन–४ को खोजीमा लागेको देखाइएको छ । यसमार्फत प्रजातन्त्रोत्तर समकालीन नेपाली शासन र शासक पनि तर्कासुर जस्तै भ्रष्ट, शोषक र उत्पीडक, चाकडीमा रमाउने, जनतालाई केवल भोटबैंक मात्र ठान्ने तर्कासुर जस्तै
भएकाले कुशल शासक आवश्यक छ वा आउनु पर्छ भन्ने औपन्यासिक कथ्य अभिव्यक्त भएको छ । त्यसैले ‘अलिखित’ र ‘भीमसेन–४ को खोजी’ दुवै उपन्यास मिथकीय सन्दर्भहरूको माध्यमबाट उपन्यासको विषयलाई तीक्ष्ण र प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Tribhuvan University Teachers' Association (TUTA), Patan Multiple Campus Unit