नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति

Authors

  • Ramesh Subhechhu

DOI:

https://doi.org/10.3126/pp2.v2i3.90984

Keywords:

लोकोक्ति, वैदिक संस्कृति, लोकसंस्कृति, लोकविश्वास, लोकमूल्य

Abstract

नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्वरुप हो । कुनै परम्परा, प्रचलन, कार्य आदिको परिस्कृत र सुधारिएको अवस्थालाई संस्कारित भनिन्छ । यस दृष्टिले हेर्दा संस्कारले धर्म, परम्परा, चालचलन, विश्वास, लोकविश्वास आदिको परिष्कारसहितको चालचलन भन्ने अर्थ द्योतन गर्दछ । यसले कर्मकाण्डीय रीतिथिति, परम्परा, चालचलनका रुपमा आफ्नो अर्थ स्थिर पनि बनाएको छ । यही संस्कार शब्दले समेट्ने वैदिक, पौराणिक कालदेखि प्रचलनमा रहेको सोह्र संस्कारले नेपाली लोकसाहित्यको टुक्का विधाका सिर्जनामा केकस्तो प्रभाव रहेको छ भन्ने जिज्ञासास्वरूप प्रस्तुत लेख लेखिएको छ । टुक्का लोकअनुभव र लोकजीवनका विविध पक्षबाट खारिएका लघु र लघुतम सिर्जना भएकाले तिनमा संस्कारसापेक्ष संस्कृति रहनु स्वाभाविकै हो । त्यस्तो संस्कृतिको प्रभाव के कस्तो रहेको
छ भन्ने जिज्ञासामा आधारित यस लेखमा सोह्र संस्कारलाई आधार बनाइएको छ । सोह्र संस्कारलाई मोटामोटी जन्मपूर्वका संस्कार, जन्म र शैशवकालीन संस्कार, बाल्यकालीन संस्कार, किशोर एवम् युवाकालीन संस्कार, प्रौढ एवम् वृद्धकालीन संस्कार र कीर्तिशेष संस्कार गरी छ खण्डमा वर्गीकरण गरेर सर्वेक्षणात्मक अध्ययन गरिएको छ । यी संस्कारसँग सम्बन्धित टुक्काहरूको सर्वेक्षणात्मक अध्ययन गर्दा नामकरण, व्रतबन्ध, विवाह र मृत्यु संस्कारसापेक्ष सांस्कृतिक टुक्काहरू प्रयाप्त रहेको पाइएको छ । अन्य संसरजन्य टुक्काहरु कम पाइनुले ती संस्कारको प्रचलन पनि कम हुँदै गएको देखिन्छ । 

Downloads

Download data is not yet available.
Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

Subhechhu, R. (2026). नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति . Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 36–55. https://doi.org/10.3126/pp2.v2i3.90984

Issue

Section

Articles