पापिनी आमा काव्यको खण्डकाव्यत्व

Authors

  • Bishnu Kumar Khatri

Keywords:

प्रबन्धकाव्य, एकदेशीयता, आख्यानात्मक गाम्भीर्य, व्यञ्जना, घनीभूत, त्रासदीपूर्ण

Abstract

प्रस्तुत लेख माधव घिमिरेद्वारा लिखित पापिनी आमा काव्यको खण्डकाव्यत्व निरुपणमा केन्द्रित छ । यसमा मूल समस्या समाधानका लागि पूर्वीय साहित्यशास्त्रका आचार्यहरुले वर्णन गरेका खण्डकाव्यका तत्त्वहरूलाई उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार पूर्वीय साहित्यशास्त्रमा वर्णित कविताको मझौला आयामअन्तर्गत पर्ने प्रबन्धकाव्यलाई चिनाउने खण्डकाव्यसिद्धान्त रहेको छ । यस सिद्धान्तले जीवनजगत्को एक पक्षको विषयवस्तुलाई कथावस्तुका रुपमा प्रस्तुत गर्ने काव्यकृतिलाई खण्डकाव्यका रूपमा स्वीकार गरेको छ । एकरस केन्द्री हुने, एक लयको स्थायित्व हुने, सरससहज आलङ्कारिक भाषाशैली हुने, फुटकर कविताभन्दा माथि र महाकाव्यभन्दा तलको मझौला आकृतिको आख्यानसापेक्ष कविताकृतिलाई खण्डकाव्यका रूपमा अध्ययन विश्लेषण गर्ने परम्परा नेपाली समालोचनामा पनि चलेको छ । सोही आधारमा पापिनी आमा काव्यको अध्ययन विश्लेषण गर्दा उक्त काव्य नारीको मातृत्व शक्तिजन्य कथावस्तु, तदनुकूलको पात्र र परिवेशको चित्रण भएको, करुण रसकेन्द्री, लोकलययुक्त, ८५ श्लोकको मझौला आयाम भएको, प्रभावकारी भाषाशैलीद्वारा मातृत्व शक्ति सर्वोच्च हुने सन्देश सम्प्रेषण गर्न सफल मझौला आकारको प्रबन्धकाव्यको पूर्वोक्त सैद्धान्तिक अपेक्षाअनुकूलको खण्डकाव्यकृतिका रूपमा पाइएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
68
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

पापिनी आमा काव्यको खण्डकाव्यत्व . (2026). Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 56-65. https://doi.org/10.3126/pp2.v2i3.90982

Issue

Section

Articles

How to Cite

पापिनी आमा काव्यको खण्डकाव्यत्व . (2026). Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 56-65. https://doi.org/10.3126/pp2.v2i3.90982