‘रामु र श्यामुको बहादुरी’ बालउपन्यासमा पौरस्त्य सांस्कृतिक चेतना

Authors

  • Nawaraj Rijal

DOI:

https://doi.org/10.3126/pp2.v2i3.90981

Keywords:

जागिर, चटक, बहादुरी, गोरखापत्र, आँगन, बगैँचा

Abstract

प्रस्तुत लेखमा अञ्जुदेवी भट्टराईको ‘रामु र श्यामुको बहादुरी’ बालउपन्यास बालबालिकालाई साहसी, निडर, आत्मनिर्भर, व्यवहारिक, कर्तव्यपरायण र भविष्यप्रति सचेत गराउने पौरस्त्य संस्कृतिको के कति प्रभाव रहेको छ भन्ने कुराको अध्ययन गरिएको छ । यस उपन्यासले बालबालिका आफ्नो घर, परिवार र बाबु–आमाप्रति कति सचेत, संवेदनशील र जागरुक रहन्छन् भन्ने कुरा देखाउन खोजेको छ । पौरस्त्य संस्कृतिले बालबालिकालाई अत्यन्तै महŒव दिन्छ । उनीहरूलाई साहसी, निडर, आत्मनिर्भर, व्यवहारिक, कर्तव्यपरायण र भविष्यप्रति सचेत बनाउन विविध कर्महरूमा संलग्न गराइन्छ । उनीहरूले गरेका कर्महरूको विश्लेषण गर्दै त्यस्ता कर्महरू निरन्तर गरिरहन प्रोत्साहित गरिन्छ । अग्रज वा घर परिवारका सल्लाह, सुझाव र परामर्शले उनीहरूका आत्मविश्वास बढ्छ । सपलताप्रति उत्साहित बनेर अगाडिको बाटो हिँड्न अझ प्रेरित बन्छन् । हामी र हाम्रो समाजका कतिपय मानिसका धारणा बालबालिका केही जान्दैनन् बुझ्दैनन् र घरपरिवारबारे कुनै चिन्तन गर्दैनन् भन्ने छ तर यस पुस्तकले सो विचार सही नभएको सन्दर्भ प्रस्तुत गरेको छ । यो कुराको पुस्तक पढ्ने सबैलाई सहजै हुन्छ । हुन पनि यस उपन्यासमा प्रयुक्त दुई बालपात्रहरूले अत्यन्तै साहसिक काम गरेका छन् । उनीहरूले गरेको काम जो पायो त्यहीले गर्न नसक्ने काम हो । यो कामले उनीहरूलाई नाम र दाम दुवै दिलाएको छ । पौरस्त्य संस्कृतिमा बालबालिकाको लालनपालनदेखि भविष्यका निम्ति कसरी तयार हुने भन्ने वातावरण सो कुरा देखाइएको छ । यसर्थ बालबालिका सचेत र गम्भीर प्रकृतिका हुन्छन् उनीहरूलाई सहजतापूर्वक अगाडि बढ्न दिनुपर्छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

Rijal, N. (2026). ‘रामु र श्यामुको बहादुरी’ बालउपन्यासमा पौरस्त्य सांस्कृतिक चेतना. Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 22–26. https://doi.org/10.3126/pp2.v2i3.90981

Issue

Section

Articles