पाठसम्पादनको परिचय, प्रयोजन, महत्त्व र यसका क्षेत्रहरू

Authors

  • Diwash Mani Bhattrai

DOI:

https://doi.org/10.3126/pp2.v2i3.90979

Keywords:

पाठसम्पादन, सिर्जनात्मक लेखन, प्रुफसंशोधन, प्रकाशनयोग्यता, भाषिक शुद्धता

Abstract

प्रस्तुत अनुसन्धानले पाठसम्पादन, सिर्जनात्मक लेखन र भाषागत संशोधनका अवधारणा, प्रक्रिया तथा प्रयोजनको विश्लेषण गरेको छ । पाठसम्पादन भनेको लेखकले तयार गरेको पाठलाई भाषिक, विषयगत र संरचनात्मक दृष्टिले सुधार गरी प्रकाशनयोग्य बनाउने प्रक्रिया हो भने सिर्जनात्मक लेखन नवीन विचार तथा अनुभवलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्ने प्रारम्भिक चरण हो । भाषा संशोधन भनेको प्रकाशन अघि भाषिक त्रुटि सच्याउने प्राविधिक कार्य हो । अध्ययनले यी तीनै कार्यको भिन्नता, प्रक्रिया र प्रभाव स्पष्ट गरेको छ । साथै, पाठसम्पादनमा व्याकरण, शैली, शब्द चयन, वाक्य र अनुच्छेदको समन्वय, तथ्यको शुद्धता र प्रकाशनयोग्यता सुनिश्चित गर्ने महत्त्वपूर्ण भूमिका रहेको देखाइएको छ । अनुसन्धानले सम्पादनको प्रयोजनलाई स्पष्टता, व्यवस्थितता, शुद्धता र प्रभावकारितामा केन्द्रित रहेको निष्कर्षमा पु¥याएको छ । यसका साथै, पाठसम्पादन, सिर्जनात्मक लेखन र प्रुफसंशोधनबीचको अन्तर र अन्तर्सम्बन्धको विश्लेषणले लेखन तथा प्रकाशन प्रक्रियामा उचित समन्वयको आवश्यकतालाई उजागर गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

Bhattrai, D. M. (2026). पाठसम्पादनको परिचय, प्रयोजन, महत्त्व र यसका क्षेत्रहरू . Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 16–21. https://doi.org/10.3126/pp2.v2i3.90979

Issue

Section

Articles