मनमाया महाकाव्यमा रस

Authors

  • Dilli Nepal

Keywords:

परिपाक, निष्पत्ति, उपकरण, अङ्गी रस, निःसारता, चित्तवृत्ति

Abstract

महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.सं.२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिलाई वीररसमा साधारणीकरण गरिएको उत्कृष्ट महाकाव्यात्मक कृति हो । यसमा १७ शीर्षकका कविताहरु सङ्कलित छन् । यिनमा काव्यशास्त्रीय मान्यताअनुसार विभाव, अनुभाव र व्यभिचारी भावको सहज संयोजनबाट उत्साह स्थायीभाव वीर रसमा परिपाक भएको छ, त्यसैले प्रस्तुत कृति वीररस विधानका दृष्टिले सफल बनेको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । कवि पराजुलीलाई सत्तरीको दशकमा पुग्दा एउटा महाकाव्य लेख्ने हुटहुटी जागेर आयो । कवि पराजुलीले यस काव्यमा आफ्नो दीर्घ जीवनका अनुभव, अनुभूति, पछिल्लो युवापुस्ताहरुमा छाएको वैदेशिक रोजगारीको मोह, तत्कालीन नेपालका तमाम युवापुस्ताको देशप्रतिको निराशा, गरिबी, बेरोजगारी आदि सन्दर्भलाई देखाउन यस महाकाव्यको रचना भएको देखिन्छ । लाहुरे जीवन र उसले भोगेका दुःख, उसको शूरता, वीरता आदि कार्यले काव्यमा वीररसको परिपाक भएको छ । यस लेखमा रस विश्लेषणका निम्ति उपलब्ध सामग्रीका सीमाभित्र रही काव्यमा प्रयुक्त विभाव, अनुभाव व्यभिचारी भाव र स्थायीभाव निक्र्योल गर्दै यिनै उपकरणका आधारमा मनमाया वीररसको उत्कृष्ट महाकाव्य रहेको निष्कर्ष प्रस्तुत भएको छ ।

Abstract
71
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

मनमाया महाकाव्यमा रस . (2026). Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 8-15. https://doi.org/10.3126/pp2.v2i3.90974

Issue

Section

Articles

How to Cite

मनमाया महाकाव्यमा रस . (2026). Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 8-15. https://doi.org/10.3126/pp2.v2i3.90974