मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
DOI:
https://doi.org/10.3126/pp2.v2i3.90973Keywords:
समाख्यानशास्त्र, न्यारेटर, समाख्यानात्मक वाच्यता, बहिर्निष्ठ-अन्तर्निष्ठ, स्वकथन-परकथनAbstract
प्रस्तुत अध्ययन मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषणमा आधारित छ । यसअन्तर्गत समाख्याताको पहिचान र समाख्यानात्मक वाच्यत्वलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । समाख्याता कथा प्रस्तुत गर्ने व्यक्ति हो । आख्यानमा समाख्याता र पात्रको उपस्थितिको आधारमा प्रथम पुरुष समाख्याता, तृतीय पुरुष समाख्याता एवम् खुला समाख्याता र बन्द समाख्याता गरी वर्गीकरण गरिएको छ । कथावस्तुको सम्बद्धताका आधारमा समाख्याता असंलग्न र संलग्न गरी दुई किसिमका समाख्याता पहिचान गरिएको छ । समाख्यानशास्त्रमा वाच्यता आख्यान विश्लेषणको एउटा महत्त्वपूर्ण आधार हो । यस अध्ययनमा वाच्यता पहिचानको आधार तृतीय पुरुष समाख्यातालाई कतै वर्णन कर्ता, कतै टिप्पणीकर्ता र कतै मूल्याङ्कनकर्ताका रूपमा उभ्याएर वाच्यता पहिचान गरिएको छ । कथासंसारभन्दा बाहिरै बसेर कथा वाचन गर्ने तृतीय पुरुष समाख्याताका बारेमा उनीहरूले कथा प्रस्तुत गर्दा व्यक्त गरेका विचारहरूबाट वाच्यता पहिल्याउन सकिन्छ । यस अध्ययनमा विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथाको वाच्यता पहिचान गरिएको छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । एकल महिला पूर्ण नारी भएर बाँच्न चाहन्छे भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।