म जुजुमान कथाको मनोविश्लेषण

Authors

  • Harihar Chapagain

DOI:

https://doi.org/10.3126/pp2.v2i3.90970

Keywords:

मनोविश्लेषण, अवचेतन मन, जैविक सिद्धान्त, हीनत्वको क्षतिपूर्ति, युक्तिकरण

Abstract

प्रस्तुत अध्ययन पाश्चात्य चिन्तनअन्तर्गत मनोवैज्ञानिक सिद्धान्तमा आधारित रही गोविन्दबहादुर मल्ल ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषणमा आधारित छ । दाह्री पनि नकाटी दश वर्षअघि बिहेमा सिलाएको पुरानो झुत्रे कोट लगाएर सालीका छोराको पास्नीको भोज खान गएको यस कथाको मुख्य पात्र जुजुमान अपमानित भएको महशुस गरी भोजै नखाई घर फर्किन्छ । ऊ आफ्ना घरबाट निस्केर जाँदा बाटैदेखि म अरूभन्दा कमजोर छु भन्ने मानसिकता बोकेर सालीका घरमा पुग्छ । त्यहाँ पुगेर आफूभन्दा सुकिलामुकिला ठुलाबडा मान्छे देखेपछि आफूलाई अरूभन्दा झन् कमजोर ठानी सोहीअनुसारको व्यवहार गर्न पुग्छ र अन्त्यमा उसलाई नोकरहरूले खाने ठाउँमा लागेर भोज खुवाउन लागेपछि अपमानित भएको ठानेर भोजै नखाई घर फर्किएको हो । यही क्रममा देखापरेका जुजुमानका विभिन्न प्रकारका मानसिक उतारचढाव र मूलतः उसको हीनताले ग्रस्त मानसिकताको विश्लेषण फ्रायड, एडलर र अन्य मनोविज्ञानका सिद्धान्तमा आधारित रही विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

Chapagain, H. (2026). म जुजुमान कथाको मनोविश्लेषण . Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 75–79. https://doi.org/10.3126/pp2.v2i3.90970

Issue

Section

Articles