बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ

Authors

  • Ganeshraj Aadhikari

DOI:

https://doi.org/10.3126/pp2.v2i3.90968

Keywords:

काव्य, आयाम, स्फुट, यथार्थ, वैभव

Abstract

घटराज भट्टराईको बादल फाटेपछि कवितासङ्ग्रह वि.सं. २०२५ मा प्रकाशित कवितासङ्ग्रह हो । यसमा तत्कालीन राष्ट्रनायकप्रति सम्मान र श्रद्धा प्रकट भएका काव्यभाव व्यवहृत कविता छन् । यी कवितामा मानवीय संवेदनाका भावहरु अभिव्यक्त भएका छन् । सहानुभूति, कर्तव्यबोध, आध्यात्मिक चेत, स्तुति, देशप्रेम, देशभक्ति, राष्ट्रियता, विकास, समृद्धि, शान्ति, प्राकृतिक वैभवजस्ता भावहरु यसमा अभिव्यक्त छन् । प्रस्तुत लेखमा पुस्तक पठनविधि प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषण गर्दा पाठात्मक विधि अवलम्बन भएको छ । गुणात्मक पद्धतिको माध्यमबाट कवितासङ्ग्रहलाई प्राथमिक स्रोत सामग्रीका रुपमा लिई सैद्धान्तिक अन्य पक्षलाई द्वितीयक सामग्रीका रुपमा लिइएको छ । कवितामा यथार्थताको खोजी गरिएकाले प्रस्तुत लेखको पठन र अन्तर्पठन सरोकार राख्ने पाठक तथा यथार्थताको अध्ययन गर्ने जो कोही अध्येताका लागि उपयोगी रहेको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-02-17

How to Cite

Aadhikari, G. (2026). बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ . Pashupati Pragya पशुपति प्रज्ञा, 2(3), 1–7. https://doi.org/10.3126/pp2.v2i3.90968

Issue

Section

Articles