‘विराट पुरुष र जातको क्वारेन्टाइन’ कवितामा सीमान्तीयता

Authors

  • टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai त्रिभुवन विश्‍वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/pp.v12i1.69987

Keywords:

क्वारेन्टाइन, जातव्यवस्था, निरङ्कुशता, वर्गीय विभेद, सबाल्टर्न,

Abstract

प्रस्तुत लेख ‘विराट पुरुष र जातको क्वारेन्टाइन’ कविताको विश्लेषणमा केन्द्रित रहेको छ । यो कविता आर.बी. निश्चलको उल्टो धार कवितासङ्ग्रहमा समाविष्ट छ । यस कवितामा कोरोनाकालीन क्वारेन्टाइनलाई बिम्ब र प्रतीक तुल्याई कोरोना सङ्क्रमितलाई अन्य व्यक्तिको सम्पर्कबाट अलग्गै राखिने गरेको विषयका माध्यमबाट युगौँदेखि समाजमा विद्यमान जात व्यवस्थाले दलितलाई अछुत भन्दै आएको र विभेद गर्ने गरेको विषयलाई प्रस्तुत गरिएको छ । कुनै पनि रोगबाट सङ्क्रमित नरहेको स्वस्थ मानिसलाई सङ्क्रमितलाई जस्तो अछुतको व्यवहार गर्ने विराट् पुरुष भनिने समाजप्रति प्रश्न गर्दै समानताका लागि आवाज उठाइएको प्रस्तुत कविताले जातीय रूपमा सीमान्तवर्गका आवाज उठाएको छ र तिनलाई समाजले समानताको व्यवहार गर्नुपर्ने आवाज उठाएको छ । जातीय रूपमा किनारामा पारिएकाहरूको आवाज उठाइएकाले प्रस्तुत कविता सीमान्तीयताको महत्त्वपूणर् अभिव्यक्ति हो । प्रस्तुत अनुसन्धानमूलक लेखलाई ‘विराट पुरुष र जातको क्वारेन्टाइन’ कविता सीमान्तीयताका दृष्टिले केकस्तो रहेको छ ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर निगमनात्मक विधिअन्तर्गत प्रायोगिक अध्ययनमा केन्द्रित रही व्याख्यात्मक विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ । प्रस्तुत कविता सीमान्तीयताको प्रस्तुतिका दृष्टिले सशक्त र महत्त्वपूणर् रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
111
PDF
27

Downloads

Published

2024-09-23

How to Cite

टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai. (2024). ‘विराट पुरुष र जातको क्वारेन्टाइन’ कवितामा सीमान्तीयता. Prāgyik Prabāha, 12(1), 105–114. https://doi.org/10.3126/pp.v12i1.69987

Issue

Section

Articles