धु्रवचन्द्र गौतमको अप्रिय उपन्यासमा अस्तित्वशील मानिसका बिचको सम्बन्ध [The Nexus among Existential Human Beings in Dhruba Chandra Gautam’s Novel Unpleasant]

Authors

  • श्रीधर न्यौपाने [Shree Dhar Neupane] नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा, नेपाल [Department of Nepali, Prithvi Narayan Campus, Pokhara, Nepal]
  • गिरबहादुर खड्का [Gir Bahadur Khadka] नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा, नेपाल [Department of Nepali, Prithvi Narayan Campus, Pokhara, Nepal]
  • निर्मल सापकोटा [Nirmal Sapkota] नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा, नेपाल [Department of Nepali, Prithvi Narayan Campus, Pokhara, Nepal]

DOI:

https://doi.org/10.3126/pjri.v6i1.72861

Keywords:

अस्तित्ववाद, तत्व, सम्बन्ध, सत्य, [Existentialism, essence, relationship, reality]

Abstract

अप्रिय उपन्यासमा अस्तित्वशील मानिसका बिचको सम्बन्ध विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार गरिएको हो । प्रस्तुत लेखको अध्ययनको क्षेत्रका रूपमा धु्रवचन्द्र गौतमको अप्रिय उपन्यास रहेको छ भने समस्याका रूपमा अस्तित्वशील मानिसका बिचको सम्बन्ध रहेको छ । अप्रिय उपन्यासमा अस्तित्वशील मानिसका बिचमा कस्तो सम्बन्ध रहेको छ भन्ने जिज्ञासा यस अध्ययनमा राखिएको छ । अस्तित्वका लागि क्रियाशील मानिसले अन्य मानिससँग सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने अस्तित्ववादी जीवनदृष्टिको मान्यतालाई सैद्धान्तिक आधारका रूपमा उपयोग गरिएको छ । बहुसत्यमा आधारित यस अध्ययनमा गुणात्मक अनुसन्धानढाँचा अवलम्बन गरिएको छ । अस्तित्वका लागि क्रियाशील मानिसका बिचमा निकटता, अविश्वास र सङ्घर्षपूर्ण स्थिति देखा पर्छ भन्ने कुरालाई यस अध्ययनमा तत्त्वमीमांसाका रूपमा उपयोग गरिएको छ । उपन्यासका तथ्यबाट तत्त्वमीमांसालाई पुष्टि गरिएको र सम्भावनालाई खुला राखी शोधदर्शनका बिचमा समन्वय कायम गरिएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीबाट प्राप्त तथ्यका आधारमा पाठविश्लेषण विधिको उपयोग गरी यो लेख तयार गरिएको छ । अस्तित्ववादको अन्यसँगको सम्बन्धसँग सम्बद्ध सम्बन्धगत निकटता, अन्यप्रतिको अविश्वास र सङ्घर्षपूर्ण स्थिति जस्ता सूचकका आधारमा उपन्यासको विश्लेषण गरिएको छ । अप्रिय उपन्यासका अस्तित्वशील पात्रले अन्यसँग सम्बन्ध स्थापित गर्दा तिनका बिचमा निकटता, अविश्वास र सङ्घर्षपूर्ण स्थिति रहेको कुरालाई आख्यानीकरण गरिएको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । [This paper aims to analyze the nexus among existential humans. In this paper, Dhruba Chandra Gautam’s Apriya (Unpleasant) has been undertaken as a text and the nexus among existential humans as an issue. Human beings maintain relations with other humans for existence has been considered a theoretical framework for analysis of the text. The study has employed qualitative research design based on multiple realities of the meaning. In essence, humans have relations with each other at the time of affinity, disbelief and conflict among them for existence, which has been considered an insight for discussion. The essentialist ontology has been approached from a metaphysical perspective, using the instances from the text and the potential answer to the research questions is left open for discussion. Both primary and secondary sources of information have been used for textual analysis, examining the existential relations among humans in terms of affinity, disbelief and conflict with each other. The study concludes that the existential character’s relationship with other characters is based on the affinity, disbelief and conflict among them, which is presented in the narrative of the novel.] 

Downloads

Download data is not yet available.
Abstract
23
PDF
11

Downloads

Published

2024-12-23

How to Cite

[Shree Dhar Neupane] श. न., [Gir Bahadur Khadka] ग. ख., & [Nirmal Sapkota] न. स. (2024). धु्रवचन्द्र गौतमको अप्रिय उपन्यासमा अस्तित्वशील मानिसका बिचको सम्बन्ध [The Nexus among Existential Human Beings in Dhruba Chandra Gautam’s Novel Unpleasant]. Prithvi Journal of Research and Innovation, 6(1), 96–106. https://doi.org/10.3126/pjri.v6i1.72861

Issue

Section

Articles in Nepali