काव्यतत्त्वका दृष्टिले जागृतिराग महाकाव्य
DOI:
https://doi.org/10.3126/pj.v5i8.73803Keywords:
काव्यनायक, चेतना, प्रगतिवादी, शोषित, सामन्तीAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख भानुभक्त पोखरेलद्वारा रचिएको जागृतिराग महाकाव्यको काव्यगत विश्लेषणमा आधारित रहेको छ । यसका लागि पूर्वीय महाकाव्यको तत्त्वगत सिद्धान्तलाई उपयोग गरिएको छ । यसमा काव्यतत्त्वका दृष्टिले जागृतिराग महाकाव्यलाई मुख्य शोधसमस्याका रूपमा लिइएको छ । पूर्वीय महाकाव्य सिद्धान्तअन्तर्गत काव्यतत्त्वलाई एक महत्त्वपूर्ण अवधारणा मानिन्छ । काव्यतत्त्वका दृष्टिले जागृतिराग महाकाव्य के कस्तो देखिन्छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको यस लेखमा पुस्तकालयीय स्रोतअन्तर्गत जागृतिराग महाकाव्यलाई प्राथमिक सामग्री र महाकाव्य सिद्धान्तसँग सम्बन्धित रहेका अन्य सामग्रीलाई द्वितीय स्रोतसामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत लेखमा महाकाव्यको काव्यतत्त्वगत रूपमा विश्लेषण गरिएको छ । यस आलेखमा पूर्वीय काव्यतत्त्वका दृष्टिले जागृतिराग मध्यमस्तरको महाकाव्य बन्न पुगेको निष्कर्ष प्रस्तुत गरिएको छ ।