भ्रूण प्रश्न कविता सङ्ग्रहका कविताहरूमा लैङ्गिक काव्यमूल्य
DOI:
https://doi.org/10.3126/pj.v5i8.73802Keywords:
पहिचान, प्रतिनिधित्व, प्रतिरोध, लैङ्गिकता, शरीर राजनीतिAbstract
भ्रूण प्रश्न कविता सङ्ग्रहमा सङ्गृहीत कविताहरूको लैङ्गिक मूल्यका आधारमा विश्लेषण गरिएको यो लेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । यसमा पुस्तकालयीय स्रोतका सामग्रीहरूको सङ्कलन गरी सामग्रीहरूको विश्लेषणका माध्यमबाट निष्कर्षमा पुगिएको छ । यसमा सांस्कृतिक अध्ययनअन्तर्गतको लैङ्गिक अध्ययनलाई सैद्धान्तिक आधार बनाइएको छ । लैङ्गिक अध्ययनमा कृतिभित्रको लैङ्गिक पक्षको विभिन्न आयामका आधारमा विश्लेषण गरिन्छ । यस्ता विविध आयामहरूमध्ये यस अध्ययनमा चाहिँ आत्रेयको प्रस्तुत सङ्ग्रहभित्रका कवितामा नारीहरूको प्रतिनिधित्व, पहिचान र प्रतिरोधको अवस्थालाई केकसरी देखाइएको छ भन्ने कुराको खोजी गरिएको छ । यस सङ्ग्रहभित्रका लैङ्गिक चेतनामा आधारित कविताहरूमा नारी प्रतिनिधित्व, पहिचान र प्रतिरोधलाई केकसरी विश्लेषण गरिएको छ भन्ने समस्यामा केन्द्रित रही तथ्यको विश्लेषण गरिएको यस अध्ययनबाट कवि आत्रेयका कवितामा पितृसत्तात्मक समाजका प्रताडनामा रहेका नारीहरूको प्रतिनिधित्व रहेको र यस्ता नारीहरूमध्ये कतिपयलाई परम्परागत समाजका मूल्यमान्यतालाई विनातर्क परिपालना गर्ने नारीका रूपका, कतिपय नारीलाई स्थितिप्रति असन्तुष्ट भएर विद्रोहमा नै उत्रिने नारीका रूपमा पहिचान दिइएको निष्कर्षका साथै यी कवितामा लैङ्गिक हिंसाका विरुद्धमा प्रकट भएको आक्रोशलाई प्रतिरोधका रूपमा प्रस्तुत गरिएको निष्कर्ष प्राप्त भएको छ । लैङ्गिक चेतनाको प्रयोगका दृष्टिले भ्रूण प्रश्नमा सङ्गृहीत कविता निकै उत्कृष्ट रहेको निष्कर्षसमेत यस लेखबाट प्राप्त भएको छ ।