जनताको बहुदलीय जनवादमा अधिकारका सवालहरूको तुलनात्मक अध्ययन

Authors

  • डिल्लीप्रसाद Dilli Prasad निरौला Niraula

DOI:

https://doi.org/10.3126/pj.v5i8.73800

Keywords:

जनवाद, जबज, मानव अधिकार

Abstract

प्रस्तुत आलेखमा विश्वव्यापी रूपमा अधिकारको विधिशास्त्रले स्वीकृत हक अधिकारहरूलाई जनताको बहुदलीय जनवाद (जबज)का प्रावधानहरूका बिचमा आपसमा तुलना गरिएको छ । अधिकारका स्वीकार्य मान्यताहरूका आधार मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई लिइएको छ । साम्यवादी दलहरूको दरिलो उपस्थितिले लोकतान्त्रिक आचरण र विधिव्यवहार अलोकतान्त्रिक हुने वा लोकतन्त्र धरापमा पर्ने एक धारणा पनि बनेको छ । अधिकारका सवालहरू लोकतन्त्रका आधारभूत मानक र सूचकहरू समेत हुन् । जसका लागि मानव अधिकारका विश्वव्यापी घोषणापत्रले संहिताकृत गरेका नागरिक राजनैतिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको आधारमा जनताको बहुदलीय जनवादको बिचमा तुलनात्मक शोध आलेखको विषय हो । प्रस्तुत आलेख तयार पार्न गुणात्मक रूपमा तुलनात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । जनताका बहुदलीय जनवाद र मानव अधिकारका विश्वव्यापी घोषणाको दस्ताबेजलाई विषयवस्तु अध्ययन विधिको माध्यमबाट तुलना गरी निष्कर्षमा पुगिएको छ । शोधमा लिइएको उद्देश्य र यसमा निष्कर्षमा पुग्नका लागि प्रयोग गरेको अध्ययन विधिका आधारमा जनताको बहुदलीय जनवादका विषयवस्तु लोकतान्त्रिक छैनन् भन्न सकिँदैन । जनताको बहुदलीय जनवादले लोकतान्त्रिक अधिकारका आधारभूत सवालहरूलाई आत्मसात गरेको छ ।

Abstract
0
PDF
0

Author Biography

डिल्लीप्रसाद Dilli Prasad निरौला Niraula

उपप्राध्यापक - राजनीतिशास्त्र

Downloads

Published

2024-12-31

How to Cite

निरौला Niraula ड. D. P. (2024). जनताको बहुदलीय जनवादमा अधिकारका सवालहरूको तुलनात्मक अध्ययन. Pragyajyoti, 5(8), 78–92. https://doi.org/10.3126/pj.v5i8.73800

Issue

Section

Articles