आधुनिक नेपालमा व्यक्तिगत आयकर प्रणाली समस्या र समाधान

Authors

  • कृष्णगोपाल Krishna Gopal अधिकारी Adhikari ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

DOI:

https://doi.org/10.3126/pj.v5i8.73799

Keywords:

अध्यादेश, अप्रत्यक्ष कर, आयकर, कर प्रशासन, कुल गार्हस्थ उत्पादन, निवृति भरण, सामाजिक सुरक्षा कर

Abstract

राज्य सञ्चालनका लागि र राष्ट्रको ढुकुटीलाई बलियो बनाउन शासनव्यवस्थाको युगदेखि नै राज्यले कर उठाउने प्रक्रिया प्रारम्भ गरेको इतिहासको अध्ययनबाट थाहा पाउन सकिन्छ । नेपालमा पनि कर व्यवस्थालाई संस्थागत गर्न व्यक्तिगत तथा संस्थागत कर सङ्कलन गर्ने गरेको पाइन्छ । नेपालको कर व्यवस्थाले राजश्वमा दोस्रो महत्त्वपूर्ण भाग आयकरले ओगटेको छ । नेपालमा जनताको व्यक्तिगत आम्दानीमा कर लगाउने प्रचलनको सुरुवात वि.सं. २०१६/०१७ देखि प्रारम्भ भएको पाइन्छ । यसै आर्थिक वर्षदेखि बिर्ता उन्मूलन गरी आधुनिक आयकर प्रणालीको सुरुवात भएको मानिन्छ । हाल नेपालमा आयकर ऐन, २०५८ लागू भएको छ जसमा हरेक वर्ष केही न केही संशोधन हुँदै आएको छ । यस लेखको मुख्य उद्देश्य नेपालको आयकर प्रणालीमा देखा परेका समस्या तथा ती समस्याहरूको समाधान केलाउनु रहेको छ । यस अध्ययनमा आयकरका विश्वव्यापी सिद्धान्त तथा मान्यताहरूलाई आधार मानी आयकरका समस्या तथा समाधान केलाउनका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिहरूको प्रयोग गरी प्राप्त ज्ञान तथा सीपको प्रयोग गरी निष्कर्ष निकालिएको छ । व्यक्तिगत आयकर प्रणालीको गणना तथा सङ्कलनमा देखिएका चुनौतीहरूमा साँघुरो आयकरको क्षेत्र, संस्थागत क्षेत्रबाट प्रयाप्त कर सङ्कलन नहुनु, आय सङ्कलनको आधारभूत विधि नहुनु, मुद्रास्फीतिलाई समय सापेक्ष नहेरिनु जस्ता समस्याहरू पाइएका छन् । यी समस्याहरूलाई समाधान गर्न कर संरचनामा सुधार, सामाजिक सुरक्षा करको खारेजी, करको आधार विस्तार, अन्तर्राष्ट्रिय करमा सुधार जस्ता कार्यहरू गर्न जरुरी छ । 

Downloads

Download data is not yet available.
Abstract
8
PDF
6

Author Biography

कृष्णगोपाल Krishna Gopal अधिकारी Adhikari, ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

उपप्राध्यापक  :  अर्थशास्त्र

Downloads

Published

2024-12-31

How to Cite

अधिकारी Adhikari क. K. G. (2024). आधुनिक नेपालमा व्यक्तिगत आयकर प्रणाली समस्या र समाधान. Pragyajyoti, 5(8), 63–77. https://doi.org/10.3126/pj.v5i8.73799

Issue

Section

Articles