कवि भूपी शेरचन र हामी कविता {Poet Bhupi Sherchan and We Poetry}

Authors

  • नित्यानन्द Nityananda खतिवडा Khatiwada ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.45202

Keywords:

मूल्यहीनता, स्वच्छन्दतावादी–प्रगतिवादी, व्यङ्ग्य–विद्रोह, विनाशक, प्रतीकात्मकता, समसामयिक, लघुमानव, शून्यपूजक, मानसिकता

Abstract

भूपी शेरचन आधुनिक नेपाली कविता साहित्यका चर्चित कवि प्रतिभा हुन् । आधुनिक नेपाली कविता धाराको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका सशक्त गद्यकवि शेरचनका नयाँ झ्याउरे (२०१०), निर्झर (२००५) र घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कविता सङ्ग्रहहरू प्रकाशित रहेका छन् ।विविध विषयमा प्रभावशाली कविता रचना गर्न सक्ने शेरचनका कवितामा स्वच्छन्दतावादी, प्रगतिवादी, गद्यलयात्मकता, व्यङ्ग्य विद्रोही चेतना, मानवतावाद, प्रकृतिप्रेम, सामाजिक युगबोध, राष्ट्रियता र बिम्ब प्रतीकात्मकता जस्ता प्रवृत्तिहरू पाइन्छन् । ‘हामी’ भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२६) कविता सङ्ग्रहमा सङ्कलित प्रसिद्ध गद्य कवता हो, जसमा हामी मानवभित्रका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक प्रस्तुति गरिएको छ । नेपाली जाति पराश्रित बन्दै गएका कारणउसको अस्तित्व समाप्त हुँदै गएको विषयसँगै हामीभित्रको हामीपनलाई चिन्न नसकी आजको मान्छेएकलव्य बनेकाप्रति कवितामा व्यङ्ग्य गरिएको छ । विभिन्न बिम्बप्रतीकहरूको सहज प्रस्तुति रहेकोकवितामा आजको समसामयिक विकृति–विसङ्गतिप्रति असन्तुष्टि जनाइएको छ । उनको हामी कविताउच्च व्यङ्ग्यचेतनाले भरिएको कविता भएको स्पष्ट हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
104
PDF
212

Author Biography

नित्यानन्द Nityananda खतिवडा Khatiwada, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Assistant Professor

Downloads

Published

2021-06-30

How to Cite

खतिवडा Khatiwada न. N. (2021). कवि भूपी शेरचन र हामी कविता {Poet Bhupi Sherchan and We Poetry}. Pragyajyoti, 4(1), 122–129. https://doi.org/10.3126/pj.v4i1.45202

Issue

Section

Articles