कादम्बरीको उज्जयिनी खण्डमा परिसंख्या अलङ्कार को सौन्दर्य {The beauty of the figure ornaments in the Ujjayini section of the novel}

Authors

  • टेकनाथ Teknath घिमिरे Ghimire ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.44993

Keywords:

परिसंख्या, रसपरिपाक, मनमोहक, हृदयहारी, चमत्कार, प्रकृतिचित्रण

Abstract

संस्कृत भाषाको लौकिक गद्य साहित्यको इतिहासमै सर्वाधिक र सर्वोच्च स्थानको मूल्याङ्कनमा पर्न सफल महाकवि बाणभट्टको कादम्बरी आख्यान गद्य काव्य आलङ्कारिक र प्राकृतिक सौन्दर्यको दृष्टिले सवै भन्दा उत्कृष्ट मानिन्छ । साँचो प्रेमले कुल र समाजको मर्यादा उल्लङ्घन गर्दैन भन्ने सजीव उदाहरण, साथै बिर्सिएको अतीत र जीवन स्मृतिको एक ज्वलन्त प्रेमकथामा आधारित यो आख्यान काव्य हो । काव्य तŒवका रूपमा अलङ्कारलाई पूर्ववर्ती आचार्यहरूले काव्यको आत्मतŒव बताए पनि परवर्ती आचार्यहरूले बाहिरी तŒवका रूपमा मात्र स्वीकारेको पाइन्छ । साहित्यको स्वर्ण युगको स्वर्णाकृतिका रूपमै रहेको वा चिनिएको कादम्बरीमा चामत्कारिक दृष्टान्त, प्राकृतिक चित्रणमा विलक्षणता, अद्भुत अलङ्कार संयोजन, कलात्मक सात्विक पात्रहरूको जीवन पद्धति, तपोवन, पाठशाला, आश्रम र भूपरिवेशको समग्र वर्णनद्वारा सातौं शताब्दीको शिक्षा, कला, समाजसहित सिंङ्गो जीवन पद्धतिको यथार्थ आलङ्कारिक विश्लेषण कादम्बरीमा पाइन्छ । कदम्बरीमा विभिन्न खण्ड र उपखण्डका रूपमा आख्यानहरू विभाजित छन् । तिनमा मूल कथा र विभिन्न उपकथाहरू रहेका छन् । वाण भट्ट लिखित कादम्बरीका सबै कथा र उपकथाहरू आलङ्कारिक शैलीमा प्रस्तुत गरिएका छन् । संस्कृत गद्यसाहित्यमा र आख्यान साहित्यमा भट्टका आफ्नै विशेषता र पहिचान रहेका छन् । कादम्बरीको उज्जयिनी वर्णन खण्ड उपमा, रूपक, उत्प्रेक्षा, परिसंख्या, यमक, श्लेष, अनुप्रास, स्वभावोक्ति आदि अनेकौ अलङ्कार प्रयोगका दृष्टिले खँदिलो रहेको पाइन्छ । यी विभिन्न किसमका आलङ्कारिक अभिव्यक्ति मध्ये विशेष गरेर यस उज्जयिनी खण्डमा परिसंख्या अलङ्कारकारको सौन्दर्यपूर्ण अभिव्यक्ति रहेको पाइन्छ । कादम्बरीको यस उज्जयिनी खण्डमा परिसंख्या अलङ्कारका माध्यमबाट वर्णनमा चमत्कार उत्पन्न भएको पाइन्छ भने कृति पनि चित्ताकर्षक र सौन्दर्यपूर्ण बनेको छ ।

Downloads

Download data is not yet available.
Abstract
76
PDF
60

Author Biography

टेकनाथ Teknath घिमिरे Ghimire, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Associate Professor

Downloads

Published

2021-06-30

How to Cite

घिमिरे Ghimire ट. T. (2021). कादम्बरीको उज्जयिनी खण्डमा परिसंख्या अलङ्कार को सौन्दर्य {The beauty of the figure ornaments in the Ujjayini section of the novel}. Pragyajyoti, 4(1), 96–102. https://doi.org/10.3126/pj.v4i1.44993

Issue

Section

Articles