शिरीषको फूल उपन्यासमा व्यक्त विसङ्गति र अस्तित्ववादी जीवनदृष्टि

Authors

  • घनश्याम Ghanshyam दाहाल Dahal ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.44991

Keywords:

अपराधबोध, पलायनवाद, शून्यताबोध, देदीप्यमान

Abstract

अस्तित्ववादी चिन्तनलाई आत्मसात गर्दै लेखिएको पारिजातको उल्लेखनीय र विशिष्टउपन्यास शिरिषको फूल हो । विभिन्न भाषामा समेत अनुवाद भएको बौद्धिक र दार्शनिक विशेषताबोकेको अमूल्य कृति पनि हो । जीवन भोगाइमा देखा परेका सैद्धान्तिक विधिबाट अनुप्राणित कृति पनिहो । पाश्चात्य विद्वान् अल्वर्ट कामु, जापाल शात्र्र, कार्ल माक्र्स र माओका विचारबाट पूर्ण रूपमाप्रभावित भएर लेखेको वैचारिक उपन्यास पनि हो । यसमा उपन्यासकारको विसङ्गत र अस्तित्ववादीचिन्तन बाह्य प्रकटीकरण भएको छ । नायक सुयोगवीरका माध्यमबाट निराशावादी दृष्टिकोणअभिव्यक्त भएको छ भने सकमबरीका माध्यमबाट अस्तित्ववादी चिन्तन मुखरित भएको छ ।उपन्यासमा पलायनवादी सोच आपराधिक मनोवृत्तिलाई पनि उजागर गरिएको छ । पात्रकोअन्तर्हृदयबाट आविर्भाव भएको अचेतन मनको यौन आवेग र आक्रोशलाई उपन्यासले प्रतिपाद्य विषयबनाएको देखिन्छ । जीवन सृष्टिको वरदान हो । सृष्टिको चक्रव्यूह नै जीवन हो । भोगवादी सोच रचिन्तन सफल जीवनको उत्कृष्ट परिणाम हो । उत्साहित मानसिकता र अग्रगामी सोच जीवनकाअपरिहार्य गति हुन् । जीवन हिँडाइमा आउने दुःखकष्ट र मिलनबिछोड यसका अपरिहार्य परम्परा रमान्यता हुन् । अविचलित सोच र उत्साहित मानसिकता जीवनका अपरिहार्य शक्ति र बल हुन् ।विचलित मानसिकताबाट आएको परिणामले जीवनको दुःखान्त परिणतिलाई मात्र आत्मसात गर्नेसुनिश्चित हो । उपन्यासमा आएका विसङ्गतिको परिणाम र अस्तित्वको जीवन दर्शन मुख्य सार रप्रमुख अभिष्ट बनेर आएको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
163

Author Biography

घनश्याम Ghanshyam दाहाल Dahal, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Associate Professor

Downloads

Published

2021-06-30

How to Cite

दाहाल Dahal घ. G. (2021). शिरीषको फूल उपन्यासमा व्यक्त विसङ्गति र अस्तित्ववादी जीवनदृष्टि. Pragyajyoti, 4(1), 82–89. https://doi.org/10.3126/pj.v4i1.44991

Issue

Section

Articles