पाराशरीय राजयोगको अध्ययन र विश्लेषण

Authors

  • अम्बरराज Ambarraj ढकाल Dhakal ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.44939

Keywords:

भावेश Bhawesh, योग, योगसम्बन्ध, जातक, कुण्डली, केन्द्र, त्रिकोण, राजयोग

Abstract

महर्षि पराशरले उपदेश गरेको फलितज्योतिषको पाराशरीय होराशास्त्रमा जातकको जन्मकुण्डलीमा रहेका राजयोगका लक्षणहरू पाइन्छन् । यस लेखमा फलितज्योतिषको पाराशीय होराशास्त्रको मतअनुसार कुण्डलीमा राजयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । जन्मकुण्डलीमा अवस्थित विभिन्न भावहरू मेषादि १२ राशिहरू र सूर्यादि नवग्रहहरूको संयोगबाट राजयोग निर्माण हुन्छ । ज्योतिषशास्त्रका तीन शाखा सिद्धान्त, संहिता र होरामध्ये संहिता र होरालाई आधुनिक सन्दर्भमा फलितज्योतिष भनिन्छ । फलितज्योतिषमा पाराशरीय होराशास्त्र अनुसार कुण्डलीको सबैभन्दा उत्कृष्ट योग राजयोग हो । पूर्वीय दर्शनशास्त्र र ज्योतिषशास्त्रमा राजयोगको विशद चर्चा गरिएको पाइन्छ । पराशरको होराशास्त्रमा उल्लेख गरिएका राजयोगका लक्षण वा परिभाषा स्वरूप र फलको विश्लेषणमा यो लेख केन्दित हुनेछ । पराशरका मतमा कुण्डलीका केन्द्र र त्रिकोणको परस्पर सम्बन्धबाट राजयोगको निर्माण हुन्छ । केन्द्र र त्रिकोण नै राजयोगकारक भाव हुन् । यसमा लग्नको मुख्य भूमिका हुन्छ । लग्नेश दशमेश र नवमेशको सम्बन्धबाट विशिष्ट राजयोग बन्दछ भन्ने मत पराशरको होराशास्त्रमा पाइन्छ । यसबाट ज्योतिषशास्त्रमा पराशरको मत कुण्डलीमा परीक्षण गरी त्यो सत्यको नजिक छ भन्नेकुरा पुष्टि गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
348

Author Biography

अम्बरराज Ambarraj ढकाल Dhakal, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Assistant Professor

Downloads

Published

2021-06-30

How to Cite

ढकाल Dhakal अ. A. (2021). पाराशरीय राजयोगको अध्ययन र विश्लेषण . Pragyajyoti, 4(1), 64–76. https://doi.org/10.3126/pj.v4i1.44939

Issue

Section

Articles