प्रायोगिक भाषाविज्ञानको पृष्ठभूमि र विकास
DOI:
https://doi.org/10.3126/phe.v14i1.76636Keywords:
भाषिक चिन्तन, अन्वेषण–परम्परा, प्रायोगिक भाषाविज्ञान, भाषाप्रयोग, भाषिक अध्ययनAbstract
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानको अनुसन्धानमा आधारित रहेको छ । यसअन्तर्गत प्रायोगिक भाषाविज्ञानको पृष्ठभूमि र यसको ऐतिहासिक विकासक्रमको सूक्ष्म अन्वेषण गरिएको छ । प्रायोगिक भाषाविज्ञानको प्राचीन पृष्ठभूमि पहिचान गर्नु, प्रायोगिक भाषाविज्ञानको युरोपेली र अमेरिकी पृष्ठभूमिको अध्ययन गर्नु, र यसको विकासक्रम पत्ता लगाउनु प्रस्तुत अध्ययनका मूलभूत उद्देश्यका रूपमा रहेका छन् । यो अध्ययन मूलतः गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक अध्ययन विश्लेषण पद्धतिको अनुप्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा आवश्यक सामग्रीहरूको सङ्कलन पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट गरिएको छ । यस क्रममा द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । जसअन्तर्गत अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको उपयोग गरिएको छ । यस अध्ययनबाट प्रायोगिक भाषाविज्ञानको इतिहास प्राचीन समयमा गरिएका व्याकरणिक (ग्रामेटिककल) र वाक्सौन्दर्यात्मक/आलङ्कारिक (रिटोरिकल) अध्ययनसँग सम्बन्धित रहेको भए पनि सन् १९४१ मा अमेरिकाको मिसिगन विश्वविद्यालयमा ‘इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युट’ को स्थापना भएसँगै यसको प्रारम्भ भएको, पृष्ठभूमिगत दृष्टिले यसको विकास युरोपेली र अमेरिकी प्रायोगिक कार्यसँग सम्बन्धित रहेको तथा विकास चाहिँ सन् १९५० को दशकपछि भएको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन प्रायोगिक भाषाविज्ञान, यसको पृष्ठभूमि र विकासक्रमबारे जानकारी लिन चाहने जोकोहीका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।