ब्लुमफिल्ड र चम्स्कीका भाषिक दर्शनको तुलना

Authors

  • Harka Bahadur Shahi त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालय
  • Birendra Kumar Budha द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख

Keywords:

बुद्धिवाद, भाषाआर्जन, रूपान्तरण, व्यवहारवाद, संरचनावाद

Abstract

प्रस्तुत लेखमा संरचनावादी भाषावैज्ञानिक लियोनार्ड ब्लुमफिल्ड र अब्राहम नोम चम्स्कीका भाषिक दर्शनको तुलना गरिएको छ । यिनका भाषिक दर्शनमा पाइने समानता र भिन्नताको तुलनात्मक अध्ययन गरी भाषाशिक्षणमा पारेको प्रभावको चर्चा गर्ने उद्देश्यले गरिएको यस अध्ययनका लागि पुस्तकालयीय कार्य र अनलाइनबाट सामग्री सङ्कलन गरिएको छ । गुणात्मक ढाँचाको यस अध्ययनमा शीर्षकसम्बद्ध सैद्धान्तिक पुस्तक, शोधपत्र, शोधप्रबन्ध र अनुसन्धनात्मक लेखरचनाहरू जस्ता द्वितीयक स्रोतका सामग्री मात्र प्रयोग गरिएको छ । सङ्कलित सामग्रीलाई तुलनात्मक वा व्यतिरेकी विश्‍लेषण पद्धतिको उपयोग गरी व्याख्या विश्‍लेषण गरिएको छ । अमेरिकाली संरचनावादी भाषावैज्ञानिक ब्लुमफिल्डले सन् १९३० मा भाषा नामक पुस्तक प्रकाशित गरेपछि भाषाको अध्ययन परम्परामा संरचनावादी दृष्टिकोणको विकास भएको देखिन्छ । चम्स्कीले सन् १९५९ मा भाषासिकाइसम्बन्धी उक्त अवधारणाको खण्डन गरेपछि भाषाशिक्षणका क्षेत्रमा नयाँ हलचल पैदा भएको देखिन्छ । ब्लुमफिल्ड र चम्स्की दुवैले भाषाकै क्षेत्रमा अध्ययन गरेको देखिन्छ । ब्लुमफिल्डले भाषिक आर्जनका सन्दर्भमा उत्तेजना–प्रतिक्रिया र पुनर्बलीकरणका प्रक्रियालाई मानेका अनि आत्मा, मन तथा चेतनाजस्ता अमूर्त कुरालाई नमानेका तर चम्स्कीले तिनै बुद्धिवादीरूको समर्थन गरेर मान्छेले जन्मजात रूपमा ल्याएर आएको भाषा प्राप्ति संयन्त्रका सहयोगले वातावरणको भाषा सिक्छ भन्ने मान्यताको विकास गरेको निष्कर्ष अध्ययनबाट निकालिएको छ ।

Abstract
192
PDF
0

Downloads

Published

2025-06-03

How to Cite

ब्लुमफिल्ड र चम्स्कीका भाषिक दर्शनको तुलना . (2025). Patan Gyansagar, 7(1), 126-139. https://doi.org/10.3126/pg.v7i1.79578

Issue

Section

Articles

How to Cite

ब्लुमफिल्ड र चम्स्कीका भाषिक दर्शनको तुलना . (2025). Patan Gyansagar, 7(1), 126-139. https://doi.org/10.3126/pg.v7i1.79578