भोकको लय कवितासङ्ग्रहमा दलितचेत

Authors

  • Bipen Bishwakarma निम्सकलेज, त्रिभुवन विश्वविद्यालय

Keywords:

उत्पीडन, क्रान्ति, दलित चेत, विद्रोह, समता

Abstract

प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको छ । यसका लागि भोकको लय कवितासङ्ग्रह प्राथमिक सामग्री र दलितचेतसँग सम्बन्धित द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । तिनको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । भौतिकवादी जीवनदृष्टि; दलनको पीडा बोध र स्वपहिचान; शोषण तथा उत्पीडनको विरोध; दलित नायकत्वको खोजी; मुक्तिको आकाङ्क्षा र क्रान्तिचेत ; समतामूलक समाज निर्माणको चाह र आक्रोषपूर्ण सोझो भाषाशैली गरी यी सातओटा आधार नै कृतिको विमर्श गर्ने सैद्धान्तिक स्वरूप हुन् ।  पाठविश्लेषण विधिमा आधारित यस अध्ययनका आधारमा दलित भन्नाले पहाडीया र खस आर्यभित्रका उत्पीडित समुदाय, नेवारभित्रका उत्पीडित समुदाय र तराई मधेसका उत्पीडित समुदायको साझा परिचयलाई समेट्छ । अर्थात् उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई बुझाउँछ । कवितामा अन्धविस्वास र अन्धपरम्पराको विरोध गर्नु,  वैज्ञानिक चिन्तनलाई आत्मसात् गर्नु, ईश्वको अस्तित्वलाई अस्वीकार गरी ईश्वर मर्यो भन्नु भौतिकवादी जीवनदृष्टि हो । कवितामा दलितहरूमाथि हजारौँ वर्षदेखि हुँदै आएको अन्याय, अत्याचार, विभेद, छुवाछुत, शोषण तथा उत्पीडनको स्वीकार गर्नु,  दलितहरूको वीरता, अङ्ग्रेजसँगको युद्ध र विसेनगर्चीको प्रसङ्गबाट इतिहासमासमेत आफ"हुनुको भावको खोजी गरिनुले दलनको पीडा बोध र स्वपहिचानलाई प्रष्ट पार्छ । कवितामा बेथितिको पराकाष्टाका विरुद्ध, भोकले ग्रस्त छातीहरूमा बुर्कुसी मारिरहेका पाउहरूका विरुद्ध, हाम्रा छोरी चेलीमाथि कुदृष्टि लगाउने शोषक, ठूलाबडाका विरुद्ध दुर्गम गाउँलाई अझै दुर्गमै बनाइराख्ने नियतिका विरुद्ध, माफिया, घुसखोरी, भ्रष्टारीका विरुद्ध जनतालाई एकजुट भएर ज्वालामुखी झैँ  विष्फोट हुन प्रेरित गर्नु शोषण तथा उत्पीडनको विरोध हो । समाजका कथित ठुलाबडाले अछुत, अपवित्र, कोइला ठाने तापनि समाजको वास्तविक पोषणकर्ता, पहरेदार दलित नै भएको भन्दै दलितलाई समाज सञ्चालनको नायकका रूपमा कवितामा प्रस्तुत गर्नु दलित नायकत्वको खोजी हो  । यस्तै क्रान्ति नगरी कुनै पनि उत्पीडनबाट मुक्त हुन नसकिने भाव कवितामा अभिव्यक्त गरी मुक्तिको आकाङ्क्षा र क्रान्ति चेतलाई प्रस्तुत गरिएको छ । कवितामा प्रस्तुत खराब संस्कृतिलाई हटाएर आपसी समानता, सद्भाव र विभेदरहीत समाजको निर्माण र विकास गर्ने चाहना नै समतामूलक समाज निर्माणको चाह हो । कवितामा शासक तथा उत्पीडक वर्गप्रति रोष प्रकट गर्दै 'विचारहीन चालबाजहरू’, 'चोर', 'हरिकङ्गाल’, 'छट्टुहरू’ र 'बेसारे’जस्ता रुखो शब्दको प्रयोग गरिनुले आक्रोषपूर्ण सोझो भाषाशैलीलाई प्रष्ट्याउँछ । यसरी दलितचेतना र प्रयोगका दृष्टिले भोकको लय कवितासङ्ग्रह अब्बल रहेको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।

Abstract
132
PDF
0

Author Biography

Bipen Bishwakarma, निम्सकलेज, त्रिभुवन विश्वविद्यालय

नेपाली विभाग

Downloads

Published

2025-06-03

How to Cite

भोकको लय कवितासङ्ग्रहमा दलितचेत . (2025). Patan Gyansagar, 7(1), 111-125. https://doi.org/10.3126/pg.v7i1.79576

Issue

Section

Articles

How to Cite

भोकको लय कवितासङ्ग्रहमा दलितचेत . (2025). Patan Gyansagar, 7(1), 111-125. https://doi.org/10.3126/pg.v7i1.79576