सुर्खेत जिल्लाको छाउपडी प्रथा र यसले महिलाको मानसिक स्वास्थ्यमा पारेको प्रभाव

Authors

  • Devi Kumari Shaha नेपाल संस्कृत विश्वविद्यालय

Keywords:

छाउपडी प्रथा, मानसिक स्वास्थ्य, सामाजिक बहिष्कार, सामाजिक सम्बन्ध

Abstract

छाउपडी प्रथा नेपालका कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा व्यापक रूपमा प्रचलित एक सांस्कृतिक परम्परा हो, जसअन्तर्गत महिनावारी भएका महिलालाई घरबाट टाढा, असुरक्षित तथा आधारभूत सुविधा विहीन गोठमा बस्न बाध्य हुन्छन् । नेपालका विभिन्न समुदायहरूमा धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महिनावारीलाई अशुद्ध मान्ने परम्परा भए पनि, छाउपडी प्रथाले महिलाहरूको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक पक्षमा गम्भीर असर पुर्‍याएको छ  ।यस अध्ययनको  उद्देश्य छाउपडी प्रथाले महिलाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पहिचान तथा विश्‍लेषण गर्नु रहेको छ। अध्ययनका लागि गुणात्मक अनुसन्धान पद्धति अपनाइएको छ। सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको वडा नं. ६ र १० मा बसोबास गर्ने महिनावारी हुने उमेर समूहका ८ जना महिलासँग उद्देश्यपूर्ण नमूना छनोट विधिबाट सामग्री संकलन गरिएको छ। सहभागीहरूसँग लिइएको अन्तरवार्ताबाट प्राप्त विवरणहरूको विषयगत तार्किक विश्‍लेषण गरिएको छ।अध्ययनबाट प्राप्त निष्कर्ष अनुसार छाउपडी प्रथाका कारण महिलाहरू आत्मविश्वास र आत्मसम्मानमा कमी, निरन्तर भय, मानसिक तनाव, सामाजिक अपमानर डिप्रेसनको शिकार भइरहेका छन्। गोठमा बस्नु पर्ने अवस्थाले उनीहरूलाई असुरक्षा, सामाजिक बहिष्करण तथा यौनजन्य हिंसाको जोखिममा समेत पार्ने गरेको देखिएको छ। महिनावारी अवधिमा महिलालाई परिवारबाट अलग राख्ने, पोषणयुक्त आहार नदिने, तथा सामाजिक गतिविधिमा सहभागी हुन रोक लगाउने कार्यले उनीहरूको आत्मसम्मानमा प्रतिकूल असर पारेको पाइन्छ।अतः छाउपडी प्रथाको अभ्यासले महिलाको मानसिक स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव पार्ने भएकाले यसको अन्त्यका लागि सामाजिक रूपान्तरण, सशक्त कानुनी कार्यान्वयनतथा मानसिक स्वास्थ्यसम्बन्धी व्यापक सचेतना अभिवृद्धिको आवश्यकता देखिन्छ। छाउपडी उन्मूलन तथा प्रभावित महिलाहरूको मानसिक स्वास्थ्य सुधारका लागि बहुआयामिक र समन्वित प्रयास अपरिहार्य छ।

Abstract
160
PDF
0

Author Biography

Devi Kumari Shaha, नेपाल संस्कृत विश्वविद्यालय

विद्यावारिधि अध्ययनरत

Downloads

Published

2025-06-03

How to Cite

सुर्खेत जिल्लाको छाउपडी प्रथा र यसले महिलाको मानसिक स्वास्थ्यमा पारेको प्रभाव. (2025). Patan Gyansagar, 7(1), 98-110. https://doi.org/10.3126/pg.v7i1.79573

Issue

Section

Articles

How to Cite

सुर्खेत जिल्लाको छाउपडी प्रथा र यसले महिलाको मानसिक स्वास्थ्यमा पारेको प्रभाव. (2025). Patan Gyansagar, 7(1), 98-110. https://doi.org/10.3126/pg.v7i1.79573