सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
DOI:
https://doi.org/10.3126/pg.v6i1.67706Keywords:
सुदुरपश्चिम क्षेत्र, फीरन्ते व्यवसाय, शीकारजीवी, कुसुण्डो जाति, राउटेAbstract
राउटेहरु नेपालको लोपोन्मुख आदिबासी हुन् । नेपालको मध्यपश्चिम मध्यपस्चिम क्षेत्रमा बसोबास गर्ने यिनीहरु फिरन्तेको भेषमा जिविेकोपार्जन गर्दै आएको इतिहासले पुष्टी गरेको छ । यिनीहरु करिब ७०० बर्ष अगाडि सुदुरपश्चिमको सेती नदीको किनारदेखी प्युठानसम्मको क्षेत्रमा बसोबास गर्दै आएको इतिहासको अध्यनबाट पुष्टी भएको छ । कालिकोटको फूर्कोट क्षेत्र राउटेको उद्मगमस्थल मानिएको छ । उ बेला समुह समुहका बिचमा लडाईँ हुँदा लडाइँमा हार खाएर लुक्न जँगल पसेका उनीहरू आफूलाई कर्णाली प्रदेशको राजा खस ठकुरी मान्दछ्न । मुलथलो कालिकोट भएपनि अहिले राउटेहरु विभिन्न जिल्लामा छरिएर बसेका छन् । अहिले उनीहरू दैलेख, जाजरकोट, सुर्खेत, डधेल्धुरा, सल्यान, दाङ्, रोल्पा र कालिकोट जिल्लामा बसोबास गरेका भेटिन्छ । अहिले भने राउटेहरु दैलेख जिल्लामा मात्रै फीरन्तेका रुपमा रहेका छन् । अन्य जिल्लामा बस्दै आएका राउटेहरु सरकारले प्रदान गरेको सुबिधाको उपयोग गरेर अन्य जातका व्यक्ति सरह घरमा बस्ने र अन्य पेशा व्यवसाय गर्ने गरेको भेटिन्छ । समयको गतिसँगै फेरिएको राउटेको जीवनशैलीले नेपालको एउटा बिशेष पहिचान बोकेको जनजाति लोप हुनसक्ने खतरा बढेको छ । आफ्नो छुट्टै भाषा भएका राउटेले खाम्चा भाषा बोल्ने गरेकोमा नयाँ पुस्ता भने नेपाली भाषामा पनि पोख्त हुँदै गएका छन् । यसले भोलिका दिनमा आफ्नो भाषा बोल्नेको सँख्या घट्दै जानसक्ने आँकलन गर्न सकिन्छ ।
आफ्नो परम्परागत जीवनशैलिमा बस्दै आएका राउटेहरू दैलेख जिल्लामा मात्रै रहेका छन् । उनीहरू एकै स्थानमा बस्दैनन्, एकठाउँमा बढीमा डेढ वा दुई महिना बसेपछि पुनः नयाँ ठाउँमा बसाई सर्दछन । बसेको स्थानमा काही मर्यो भने पनि उनीहरू तुरुन्तै त्यो ठाउँ छाडेर अर्को ठाउँमा बसाईं सर्दछन । जँङ्गल र खोलाको छेउछाउ बस्दछन् । वर्षामा भिरालो जमिनलाई रोजेर आश्रयस्थलको रुपमा प्रयोग गर्दछन भने हिँउदमा सम्म परेको ठाउँ खोलाको किनारमा बुकुरा बनाएर बस्दछन् । यसरी बासको बन्दोबस्त मिलाउँदै आएका उनिहरुले बाँदर, लुनाको शिकार गर्ने, आफ्नो सीपबाट तयार गरेको काठबाट बनेका सामान बेच्ने वा अन्नसँग साटेर आफुलाई चाहिने सामानको जोहो गर्नुका साथै जँगली कन्दमुल र फलफूल खाएर जीवन निर्भाह गर्दछन् । उनीहरूको आफ्नै विशेष सँस्कृति छ, उनीहरू जता गएपनि लौरो, मादल, मजुरा, ढ्याङ्ग्रो लिएरै जान्छन् । उनीहरूका समुहमा कोही मरे भने बसेको ठाँउभन्दा अलिपर लगेर गाड्ने चलन छ । परम्परागत सैलिको बसोबास भएपनि आनिबानिमा भने यिनीहरु अन्य समुदायका व्यक्ति, संघसस्था र सरकारको नजिक जाने र सुबिधा लिने गरेका छन् । जँगलको अभाव र काठको कमिले यिनीहरुको परम्परागत पेशा सँकटमा परेको छ भने सरकारले लोपउन्मुख जातिलाई दिने माषिक भत्ता बुझ्न थालेपछि उनीहरूको आफ्नो परम्परागत पेशामा भन्दा सहयोगमा रमाउने बानीको बिकास भएको छ । राज्यको लागि प्रमुख चुनौति भनेको उनीहरुलाई राष्ट्रको सम्पत्तिको रुपमा जोगाउने हो भने बिचरण गर्ने स्थान दिएर परम्परागत शैलीमा बाच्न सक्ने स्थिति बनाउन पर्यो, हैन भने अन्य जातजाति जस्तैगरी बाच्नसक्ने बनाउन पर्यो । राज्यले विविधतालाई सम्पत्ति मान्ने हो भने उनीहरुलाई परम्परागत शैलीमा बाच्न सक्नेगरी जँङ्गलमा विचरण गर्नसक्ने गरी सँरक्षित बनको इलाका तोकेर विचरण गर्न दिनुपर्ने आवस्यकता छ । समाजशास्त्रको सँरचनात्मक प्रकार्यबादी दृस्टिकोणबाट हेर्दा यिनीहरुलाई परम्परागत रुपमा बाँच्न सक्ने बनाउन पर्दछ ।