चीत्कार कथामा नारी उत्पीडन

Authors

  • Ganesh Sharma नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

Keywords:

लैङ्गिकता, नारीचेतना, पितृसत्ता, उत्पीडन, वर्गीयता

Abstract

प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको पाइन्छ । यस कथामा नेपाली समाजका निम्नवर्गीय नारी जीवनमाथि पुरुषवर्गले गरेका दमन, शोषण, अन्याय, अत्याचारका कुरूप अवस्थाको चित्रण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारण नारीहरू भय, सन्त्रास र आतङ्कको भूमरीमा उत्पीडित भएर बाँच्नु परेको यथार्थ घटनालाई कथामार्फत अगाडि सारिएको छ । कथामा बाँच्नका लागि भोकको अभावलाई पूर्ति गर्नबाध्य भएका नारी पात्रहरू नचाहँदा नचाहँदै पनि यौनजन्य समागम क्रियामा संलग्न हुनुपरेको विवश परिस्थितिलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली समाजमा खुला यौनधन्दालाई सामाजिकदृष्टिले वर्जित गरिए पनि बादी जातिका नारीहरूले पेसागत रूपमा अवलम्बन गरेको अस्वीकृत यौनधन्दालाई यसमा मुख्य विषय बनाइएको छ । कथामा चित्रण गरिएका सबै नारी पात्रहरू उत्पीडनमा परेका भए पनि सचेत भएर विद्रोह गर्न सकेको अवस्थालाई देखाइएको छैन तापनि आफू अनुकूल कुनै कार्य नहुँदा आंशिक रूपमा संवेदनामार्फत प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकार गरिएका केही छनक भने पाउन सकिन्छ । प्रस्तुत अध्ययनका लागि आवश्यक पर्ने सामग्रीको चयन पुस्तकालयीय स्रोतबाट सङ्कलन गरी तिनको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग नारीवादका केही सैद्धान्तिक मान्यताकाआधारमा पाठको विश्लेषण गरिएको छ ।

Abstract
133
PDF
0

Downloads

Published

2025-05-07

How to Cite

चीत्कार कथामा नारी उत्पीडन. (2025). Prithvi Darpan पृथ्वी दर्पण, 7(1), 120-130. https://doi.org/10.3126/pdj.v7i1.78458

Issue

Section

Articles

How to Cite

चीत्कार कथामा नारी उत्पीडन. (2025). Prithvi Darpan पृथ्वी दर्पण, 7(1), 120-130. https://doi.org/10.3126/pdj.v7i1.78458