जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक

Authors

  • Himmaya Poudel नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

Keywords:

अन्विति, कोशीय, व्याकरणिक, सङ्कथन विश्लेषण, सम्बद्धक

Abstract

सम्बद्धक उपयोगका दृष्टिले जय भुँडी निबन्धको सूक्ष्म विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।सम्बद्धक सङ्कथन वा पाठलाई सशक्त र सङ्गठित बनाउन मद्दत गर्ने भाषिक एकाइ हो । यो व्याकरणिक र कोशीय गरी दुई प्रकारको हुन्छ । यसमा व्याकरणिक सम्बद्धकका सन्दर्भन, प्रतिस्थापन,विलोपन र संयोजन तथा कोशीयका पुनरुक्ति र सन्निधान प्ररूपका आधारबाट तथ्यहरूको पुस्तकालयीय कार्यबाट खोजी गरिएको छ । जसमा संयोजन अत्यधिक, प्रतिस्थापन न्यून, विलोपन न्यूनभन्दा केही उच्च र सन्दर्भन उच्चभन्दा केही न्यून प्रयोग भएको पाइन्छ । संयोजनको अधिकताले विचारलाई अंशअंशमा अलग्याएर सुबोध्य ठहर्याउन मद्दत गरेको देखिन्छ । पुनरुक्ति अन्तर्गत पुनरावृत्ति उच्च रूपमाप्रयोग भएको देखिन्छ भने समावेशी समावेश्यको प्रयोग न्यून देखिन्छ । पुनरुक्ति अन्तर्गतको अङ्गी अङ्गको प्रयोग नभएको स्थितिमा अन्य सम्बद्धकहरू सामान्य रूपमा प्रयुक्त छन् । गुणात्मक अनुसन्धानमा आधारित यस अध्ययनमा प्राप्त नतिजाको विश्लेषण गरी वर्णनात्मक विधिबाट प्रस्तुतनिबन्धको साङ्कथनिक स्थिति निरुपण गरिएको छ । व्याकरणिक र कोशीय सम्बद्धकहरू जे जति प्रयुक्त छन्तिनले तर्कपूर्ण विचार एवम्धारणा सम्प्रेषणमा व्यवधान सिर्जना गरेका छैनन्। ती सम्बद्धकहरू विषयको सन्दर्भपूर्ण अन्वितिमा नै आबद्ध देखिन्छन्। तिनले पूर्ववर्ती विषय एवम्सन्दर्भलाई पश्चवर्तीसन्दर्भको संयोजन गर्नमा पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन्। तसर्थ प्रस्तुत निबन्ध सम्बद्धक प्रयोगका आधारमा साङ्कथनिक दृष्टिले सशक्त रहेको लेखको निष्कर्ष रहेको छ ।

Abstract
144
PDF
0

Author Biography

Himmaya Poudel, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2025-05-07

How to Cite

जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक. (2025). Prithvi Darpan पृथ्वी दर्पण, 7(1), 80-96. https://doi.org/10.3126/pdj.v7i1.78440

Issue

Section

Articles

How to Cite

जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक. (2025). Prithvi Darpan पृथ्वी दर्पण, 7(1), 80-96. https://doi.org/10.3126/pdj.v7i1.78440