लैंगिक अध्ययनका बहसहरु र अनुसन्धानको सवाल

Authors

  • शुक्रराज Shukraraj अधिकारी Adhikari त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/pd.v8i1.70358

Keywords:

ऐतिहासिकता, लैङ्गिकता, लैङ्गिक अध्ययन, समाज व्यवस्था, सामाजिक संरचना, सामाजिकीकरण, Gender, gender studies, social system, socialization

Abstract

लैङ्गिकता सामाजिक तथा सांस्कृतिक संरचनाभित्र क्रमिक रूपमा निर्माण भएर फेरबदल हुँदै जाने गर्दछ । हरेक संरचना विशेष  लैङ्गिकताको निर्माण प्रक्रिया पनि फरक–फरक रूपमा हुने बुझिन्छ । यसै सन्दर्भमा लैङ्गिकताको  निर्माणका बारेमा बहस हुदै आएका  विभिन्न अवधारणालाई संक्षिप्त रुपमा चर्चा गर्दै ती बीचको अन्तराल पहिल्याउने हेतुले यस आलेख तयार गरिएकोे छ । यसको लागि ऐतिहासिक सन्दर्भहरू, विभिन्न  लैङ्गिक अध्ययनहरू, विभिन्न पुस्तकालयहरू एवम प्रत्यक्ष भेटघाटलाई सूचनाको स्रोतको रुपमा लिईएको छ । गुणात्मक अनुसन्धानको ढाँचा अन्तर्गत रहेर गुणात्मक तथ्यहरुलाई ऐतिहासिक अन्तर्वस्तु विश्लेषण विधिको माध्यमबाट संकलन गरी विश्लेण गरिएको छ । लैङिगकता हरेक समाज व्यवस्थाद्वारा निर्देशित तथा निर्मित हुँदै जान्छ । समाज व्यवस्था आफनै ऐतिहासिक जगमा अडेको हुन्छ । ऐतिहासिक परिणामले प्रदान गरेको उत्पादन पद्धति, सोहीअनुसार
निर्माण भएका सामाजिक नियम, विधिविधानबमोजिम लैङिगक सम्बन्धहरू विकसित हुँदै जान्छन । त्यसकारण ऐतिहासिक सन्दर्भ अनुसार सामाजिक संरचनाको विश्लेषण नगरी लैङिगकताको वास्तविक स्वरूप पहिचान गर्न कठिन हुन्छ । वास्तविक लैङिग स्वरुप पहिचान गर्न ऐतिहासिक सन्दर्भ सहितको सामाजिक संरचनालाइ विश्लेषण गर्न अनिवार्य हुन्छ । लैङ्गिकता निर्माणको ऐतिहासिकता, त्यसको प्रभाव, शास्त्र निर्माण भएको समाज व्यवस्था, त्यसको जग लगायतका सवाललाई नखोतली लैङ्गिकता
निर्माणको प्रक्रियालाई वास्तविक रूपमा पहिल्याउन सकिँदैन । 

Abstract
75
PDF
31

Author Biography

शुक्रराज Shukraraj अधिकारी Adhikari, त्रिभुवन विश्वविद्यालय

समाजशास्त्र केन्द्रीय विभाग

Downloads

Published

2024-10-22

How to Cite

अधिकारी Adhikari श. S. (2024). लैंगिक अध्ययनका बहसहरु र अनुसन्धानको सवाल. Pargatishil Darpan, 8(1), 90–102. https://doi.org/10.3126/pd.v8i1.70358

Issue

Section

Original Articles