जडीबुटीको आर्थिक पक्ष र पाठयक्रम बिकास

Authors

  • रेशमबहादुर Reshambahadur सुवेदी Subedi पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखरा

DOI:

https://doi.org/10.3126/pd.v8i1.70357

Keywords:

जडीबुटी, पाठयक्रम, वनस्पति

Abstract

यस अनुसन्धान जडीबुटीको आर्थिक महत्व संग सम्बन्धित रहेर गरिएको छ । नेपालमा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागि महत्वपूर्ण स्रोत रहेका छन । जडीवटीको आर्थिक, पर्यावरणीय, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ । जडीबुटीलाई आम्दानीको रुपमा विकास गर्न वन नियमावली २०६८ विशेष जोड दिएको देखिन्छ । यस अनुसन्धानमा जडीबुटीको आर्थिक पक्ष संग सम्बन्धित रहेका विशेष गरी मुद्रण सामाग्रीका विषयवस्तुको अध्ययन गरिएको छ । विषयवस्तु विश्लेषण ढाँचाको आधारमा निष्कर्ष निकालिएको छ । जडीबुटीको आर्थिक पक्षसँग सम्बन्धी ऐन, नियमावली, विभिन्न योजना, खोज अनुसन्धान नतिजा विश्लेषण गरिएको छ । अनुसन्धानमा पाठयक्रम समाज र आर्थिक पक्ष सँग जोडिएका टेलर, टावा, केर सिद्धान्तहरूलाइ जोडने प्रयास गरिएको छ । पाठयक्रम विकासमा समाजको आर्थिक पक्षको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा जडीबुटीको आर्थिक महत्व रहेको देखिन्छ । यसरी पाठयक्रम विकासमा समाजको आर्थिक पक्ष र जडीबुटी अन्तरसम्बन्धित रहेका हुन्छन । पाठयक्रम प्रारुप २०७६ ले स्थानीय स्तरको आर्यआर्जनको लागि जडीबुटीलाई पाठयक्रममा समावेश गर्न निर्देशन गरेको छ । पछिल्लो समयमा पाठयक्रममा जडीबुटीलाई आय आर्जनको लागि समावेश गर्नुपर्ने केन्द्र देखि स्थानीय स्तरमा प्रयास भएका छन । नेपाल भूपरिवेष्टित मूलुक भएकोले तेस्रो मुलुकमा व्यापार गर्न कठीन भएको, नेपालको ठूलो व्यापारिक केन्द भारतमा कच्चा पदार्थको व्यापार हुने गरेको छ । नेपालमा जडीबुटीबाट राम्रो आम्दानी गर्ने संभावना रहे पनि भौगोलिक अवस्था, दक्ष जनशक्तिको अभाव, सरकारी उदाशिनता, अस्पष्ट नितिको कारण राम्रो आम्दानी गर्न सकिएको छैन । जडीबुटीे व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न सकिने सम्भावना खोज अनुसन्धानले देखाएका छन । स्थानीय पाठयक्रम, बिभिन्न निकाए, खोज अनुसन्धान, नितिनिर्माणले आर्थिक बिकासमा जडीबुटी लाई प्रथामिकता दिने गरेको पाईन्छ । 

Abstract
55
PDF
33

Author Biography

रेशमबहादुर Reshambahadur सुवेदी Subedi, पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखरा

शिक्षा विभाग

Downloads

Published

2024-10-22

How to Cite

सुवेदी Subedi र. R. (2024). जडीबुटीको आर्थिक पक्ष र पाठयक्रम बिकास . Pargatishil Darpan, 8(1), 80–89. https://doi.org/10.3126/pd.v8i1.70357

Issue

Section

Original Articles