पनौती कलाँती भूमिडाँडाको प्राकृतिक, सांस्कृतिक, धार्मिक, आर्थिक र पर्यटकीय अवस्थाको गुणात्मक अध्ययन

Authors

  • Parshu Ram Adhikari Indreshwor Campus
  • Maya Adhikari Kathmandu University, High School

Keywords:

गुणात्मक अध्ययन, कलाँती भूमिडाँडा, पनौती नगरपालिका, धार्मिक पर्यटन, जैविक विविधता, स्थानीय अर्थतन्त्र

Abstract

यो आलेख पनौती नगरपालिका, वडा नं. १२ स्थित कलाँती भूमिडाँडा क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक, आर्थिक र पर्यटकीय अवस्थाको गुणात्मक अध्ययनमा केन्द्रित छ । काठमाडौंदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्वमा महाभारत पर्वत शृङ्खलाको काखमा अवस्थित यस क्षेत्रको बारेमा हालसम्म कुनै व्यवस्थित अनुसन्धानात्मक अभिलेख नरहेको र सामान्य जानकारीमूलक अभिलेख समेत २०८१ सालको बाढीमा नष्ट भएको पृष्ठभूमिमा यो अध्ययन गरिएको हो । अध्ययनका लागि स्थलगत अवलोकन र अर्धसंरचित अन्तर्वार्ता विधि प्रयोग गरी स्थानीय व्यवसायी, सामाजिक अगुवा र स्थायी बासिन्दा गरी सात जना सहभागीबाट प्राथमिक सामग्री सङ्कलन गरिएको छ भने विभिन्न प्रकाशित पुस्तक, जर्नल र नगरपालिकाका दस्तावेजलाई द्वितीय स्रोतका रूपमा प्रयोग गरिएको छ । प्राप्त सामग्रीलाई वर्णनात्मक तथा विषयगत (तजझबतष्अ) ढाँचामा विश्लेषण गरिएको छ । अध्ययनले कलाँती भूमिडाँडा जमिन र खाद्य उत्पादनका दृष्टिले कमजोर भए पनि जल, वन र खानीजन्य स्रोतका हिसाबले धनी रहेको देखाएको छ । भालेश्वर शिवधाम, आदित्य मोक्षधाम र पाँच देवी मन्दिरहरूले यस क्षेत्रलाई धार्मिक हिसाबले महत्वपूर्ण बनाएको छ भने ब्राह्मण, क्षेत्री, तामाङ, गुरुङ, विश्वकर्मा र नेवार लगायतका जातिको सहअस्तित्वले सांस्कृतिक विविधता प्रदान गरेको पाइन्छ । आर्थिक रूपमा कृषि, पशुपालन र ढुङ्गा–क्रसर उद्योगमा निर्भर यस क्षेत्रमा पूर्वाधारको अभावका कारण धार्मिक, साहसिक र कृषि पर्यटनको प्रचुर सम्भावना अझै उपयोगमा आउन सकेको छैन । अध्ययनले स्थानीय सरकारले पूर्वाधार विकास, गुम्बा तथा मन्दिरहरूको संरक्षण र पर्यटन प्रवद्र्धनमा गुरुयोजना बनाई काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

 

Abstract
6
PDF
9

Author Biographies

Parshu Ram Adhikari, Indreshwor Campus

Assistant Professor

Maya Adhikari, Kathmandu University, High School

Teacher

Downloads

Published

2026-08-20

How to Cite

Adhikari, P. R., & Adhikari, M. (2026). पनौती कलाँती भूमिडाँडाको प्राकृतिक, सांस्कृतिक, धार्मिक, आर्थिक र पर्यटकीय अवस्थाको गुणात्मक अध्ययन. Panauti Journal, 4(01), 201-206. https://doi.org/10.3126/panauti.v4i01.98578

Issue

Section

Articles

How to Cite

Adhikari, P. R., & Adhikari, M. (2026). पनौती कलाँती भूमिडाँडाको प्राकृतिक, सांस्कृतिक, धार्मिक, आर्थिक र पर्यटकीय अवस्थाको गुणात्मक अध्ययन. Panauti Journal, 4(01), 201-206. https://doi.org/10.3126/panauti.v4i01.98578