मैथिली विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा

Authors

  • Durga Prasad Dahal Mahendra Ratna Campus, TU https://orcid.org/0009-0003-0816-8844
  • Santosh Kumar Kafle जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय, सुनसरी

Keywords:

वर्णनात्मक अध्ययन, मैथिली विद्यार्थी, सिकाइप्रतिको अभिप्रेरणा, भाषा उच्चारण, वस्तन्त्रतत्र, सामथ्र्य र सम्बन्ध

Abstract

मैथिली विद्यार्थीका नेपाली भाषासँग सम्बन्धित सिकाइप्रतिको स्वअभिप्रेरणात्मक धारणाका लागि लागि स्वसङ्कल्प सिद्धान्तका आधारमा विश्लेषण गरिएको  छ । यस अध्ययनका लागि उद्देश्यमूलक वा सुविधायुक्त नमुना छनोट पद्धतिका आधारमा सुनसरी जिल्लाका तीनजना मैथिली मातृभाषी विद्यार्थीहरूलाई सहभागीका रूपमा छनोट गरिएको छ । यो अध्ययन क्षेत्रीय अध्ययन पद्धतिमा आधारित भएकाले सुनसरी जिल्लाभित्रका कोसी गाउँपालिकामा केन्द्रित रहेको  छ । अध्ययनका लक्षित समूहमा छलफल, खुला प्रकृतिको अन्तर्वार्ता प्रयोग गरिएको छ । अध्ययनीय साधनबाट सङ्कलित शाब्दिक तथ्य शिक्षकहरू तथा प्राध्यापकहरूसँग छलफल तथा अन्तर्वार्ताका माध्यमबाट सत्यापन गरी विश्वसनीय र वैध बनाइएको छ  । अध्ययनको ढाँचा कथनात्मक बनाइएकाले सुनसरीका मैथिली सहभागी विद्यार्थीसँगको कुराकानी, अन्तर्वार्ता र संवादलाई विशेष महŒव दिइएको छ । यसबाट प्राप्त तथ्यलाई थेमेटिक रूपमा प्रस्तुत गरिएको छ । यसमा तथ्यहरूको व्याख्या विश्लेषण वर्णनात्मक विधिद्वारा गरिएको छ । सुनसरीका मैथिली विद्यार्थीका भाषिक त्रुटिका कारणलाई स्वसङ्कल्प सिद्धान्तसँग जोडेर सिकाइप्रतिको अभिप्रेरणात्मक आधार खोजिएको छ । यसले स्वतन्त्रता (अटोनोमी), सामथ्र्य (कम्पिटेनशी) र सम्बन्ध (रिलेटनेश) लाई सिकाइ प्रक्रियासँगै जोड्दा सिकाइप्रतिको अभिप्रेरणात्मक आधार तयार भएको पाइएको छ । यसैले अध्ययनमा सुनसरीका मैथिली विद्यार्थीका लक्ष्य र स्रोत भाषाका भाषिक समानताले भाषा सिकाइलाई अभिप्रेरित गरेको, आन्तरिक अभिप्रेरणा (इच्छा, चाहना, मनोवृत्ति र अभिवृत्ति) ले स्तरीय नेपाली उच्चारण र वाक्य सिकाइप्रति अभिप्रेरणा जगाएको स्वीकारिएको छ । सुनसरीका मैथिली विद्यार्थी शिक्षणीय विधि, अन्य भाषाप्रतिको झुकाब र रुचिबाट पनि सिकाइमा अभिप्रेरित भएको पाइएको छ ।

 

Abstract
16
PDF
5

Author Biographies

Durga Prasad Dahal, Mahendra Ratna Campus, TU

Assistant Lecturer

Santosh Kumar Kafle, जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय, सुनसरी

Teacher

Downloads

Published

2026-08-20

How to Cite

Dahal, D. P., & Kafle, S. K. (2026). मैथिली विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा. Panauti Journal, 4(01), 191-200. https://doi.org/10.3126/panauti.v4i01.98577

Issue

Section

Articles

How to Cite

Dahal, D. P., & Kafle, S. K. (2026). मैथिली विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा. Panauti Journal, 4(01), 191-200. https://doi.org/10.3126/panauti.v4i01.98577