भालेश्वरदेखि कश्यपेश्वरसम्म धार्मिक पर्यटनको नजरमा काभ्रेपलाञ्चोकका प्रमुख शिवलिङ्गहरु

Authors

  • Parashuram Adhikari इन्द्रेश्वर क्याम्पस, पनौती
  • Maya Adhikari काठमाडौं विश्वविद्यालय हाई स्कूल, पनौती

Keywords:

काभ्रेपलाञ्चोक, धार्मिक पर्यटन, शिवलिङ्ग, ऐतिहासिक र पौराणिक

Abstract

काभ्रेपलाञ्चोक जिल्ला धार्मिक एवम् पौराणिक दृष्टिले पावन भूमि हो । यस आलेखमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका स्कन्दपुराण वर्णित कश्यपेश्वरदेखि चण्डेश्वर,विकटेश्वर, धनेश्वर, इन्द्रेश्वर र भालेश्वरसम्मका प्रमुख ६ ओटा शिवलिङ्ग र शिवपीठको पौराणिक सन्दर्भ, वर्तमान अवस्थिति र धार्मिक पर्यटनको सम्भावनालाई केलाउने प्रयास गरिएको छ । यसका साथै उल्लिखित शिवपीठमा वर्षभरिमा लाग्ने प्रमुख मेला, पर्व, जात्रा उल्लेख गरी धार्मिक पर्यटनको पदमार्ग पहिचान गर्ने प्रयत्न गरिएको छ । यसका निमित्त गुणात्मक अध्ययन विधिलाई उपयोगमा ल्याइएको छ । यो लेख तयार पार्नका लागि आवश्यक तथ्याङ्कहरु प्राथमिक र द्वितीय स्रोतबाट सङ्कलन गरिएको छ । प्राथमिक स्रोतका लागि स्थलगत अवलोकन तथा तत् तत् स्थानका अग्रजहरुसँग सोधपुछ र अन्तर्वार्ता लिइएको छ । द्वितीय स्रोतका रुपमा विभिन्न सन्दर्भपुस्तक, पत्रपत्रिका र डिजिटल सामग्रीको उपयोग गरिएको छ । सङ्कलित तथ्याङ्कहरुलाई विश्लेषण गर्दा काभ्रेपलाञ्चोक जिल्ला धार्मिक र पौराणिक दृष्टिले पावन शिवतीर्थको जिल्ला हो भन्न सकिन्छ । विदेशी पर्यटक र सनातनी हिन्दु धार्मिक पर्यटनको प्रचुर सम्भावना पनि भएकोले धार्मिक पदमार्ग पहिचान गर्नु आवश्यक देखिन्छ । शिवतीर्थ क्षेत्रका शैवमार्गी र अन्य स्थानीय नागरिकहरुलाई शिवधामको प्रचार प्रशार र संरक्षणमा उत्प्रेरित गर्न सके शिवतीर्थको महत्व बृद्धि भई धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

Abstract
107
PDF (Nepali)
0

Author Biographies

Parashuram Adhikari, इन्द्रेश्वर क्याम्पस, पनौती

सहायक प्राध्यापक

Maya Adhikari, काठमाडौं विश्वविद्यालय हाई स्कूल, पनौती

शिक्षक

Downloads

Published

2025-09-11

How to Cite

भालेश्वरदेखि कश्यपेश्वरसम्म धार्मिक पर्यटनको नजरमा काभ्रेपलाञ्चोकका प्रमुख शिवलिङ्गहरु. (2025). Panauti Journal, 3(01), 175-183. https://doi.org/10.3126/panauti.v3i01.84045

Issue

Section

Articles

How to Cite

भालेश्वरदेखि कश्यपेश्वरसम्म धार्मिक पर्यटनको नजरमा काभ्रेपलाञ्चोकका प्रमुख शिवलिङ्गहरु. (2025). Panauti Journal, 3(01), 175-183. https://doi.org/10.3126/panauti.v3i01.84045