अनुसन्धानात्मक लेखसारको प्राज्ञिक विश्लेषण {Academic analysis of research literature}

Authors

  • शक्तिराज Shaktiraj नेपाल Nepal उपप्राध्यापक, नेपाली शिक्षा, त्रिवि {Associate Professor, Nepali Education, TU}

DOI:

https://doi.org/10.3126/panauti.v2i1.66602

Keywords:

अध्ययनको कारण, अध्ययनविधि, उपयोगिता, निष्कर्ष, प्राथमिकता

Abstract

अनुसन्धानात्मक लेखमा प्रस्तुत गरिने लेखसारको प्राज्ञिक विश्लेषणमा प्रस्तुत लेख केन्द्रित छ । अनुसन्धानात्मक लेखसारको प्राज्ञिक पक्ष कस्तो रहेको छ भन्ने समस्यामा आधारित भई उक्त समस्याअनुरूप लेखसारको संरचक तत्त्वका आधारमा विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा गुणात्मक र परिमाणात्मक गरी दुवै प्रकारका अनुसन्धानात्मक लेखका सारको संरचनागत तत्त्वका आधारमा विश्लेषण गरिएको छ । लेखसारलाई कतिपय अनुसन्धानमा समग्र अनुसन्धानको सारांशका रूपमा प्रस्तुत गरिएको पनि पाइन्छ । अनुसन्धानात्मक लेखको आफ्नै संरचना र मान्यता छ । वर्णनात्मक दार्शनिक आधारको गुणात्मक अध्ययन पद्धतिमा आधारित प्रस्तुत लेखमा पुस्तकालयीय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । नेप्जोलमा प्रकाशित विज्ञसमीक्षित लेखहरूमध्ये नेपाली भाषाशिक्षणसँग सम्बन्ध भएका जम्मा पाँचवटा लेखलाई सोद्देश्यमूलक नमुनाछनोट पद्धतिका आधारमा छानिएको छ । त्यसरी छानिएका तथ्याङ्कलाई विषयवस्तु विश्लेषण गर्ने मान्यताका आधारमा र लेखसारको संरचक तत्त्वको कोडका आधारमा विश्लेषण गरिएको छ । नेपालको चलनचल्तीमा भएका लेखसार परम्परा र यसको सैद्धान्तिक मान्यतालाई प्रमुख आधार बनाई लेखिएका लेखसार मध्ये गुणात्मक अनुसन्धानको मान्यताअनुरूप लेखिएका लेखका सारहरू औसत प्रकृतिका देखिएका छन् भने लेखसारको सर्वव्यापी मान्यतालाई अपनाइएका लेखसार कमै पाइएका छन् । अधिकांश लेखसारहरू सूचनात्मक प्रकृतिका छन् । विषयवस्तुको विश्लेषण गर्नमा नै केन्द्रित भएका लेखसारले समग्र अनुसन्धानको झलक प्रस्तुत गर्न सकेका छ्रैनन् तथा व्याख्यात्मक लेखसारले पनि विषयपरिचय, अध्ययन पक्ष र नतिजा प्रस्तुतिमा मात्र जोड दिएका छन् । लेखसार र सूचक शब्दको अन्योन्याश्रित सम्बन्ध हुन्छ । त्यस सम्बन्धलाई तथ्याङ्कले औसत रूपमा मात्र सम्बोधन गरेको र सूचक शब्दको क्रमागत प्रस्तुतिमा भने प्रत्यक्ष सम्बन्ध रहेको पाइए तापनि सूचक शब्द र लेखसारका बिच मध्यम स्तरको सम्बन्ध रहेको पाइएको छ । तसर्थ प्राज्ञिक लेखनको मान्यताअनुरूप लेखसारहरू लेखिने भएकाले अनुसन्धानका क्षेत्रमा यस लेखको उपयोगिता रहेको देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
pdf
16

Downloads

Published

2024-06-10

How to Cite

नेपाल Nepal श. S. (2024). अनुसन्धानात्मक लेखसारको प्राज्ञिक विश्लेषण {Academic analysis of research literature}. Panauti Journal, 2(1), 121–135. https://doi.org/10.3126/panauti.v2i1.66602

Issue

Section

Articles