पहाडी जीवन निबन्ध : प्रकृति, समाज र संस्कृतिको देवकोटीय दृष्टि

Authors

  • Krishna Raj Dhakal नेपाली शिक्षा विभाग, महेन्द्ररत्न क्याम्पस, ताहाचल
  • Dawa Sherpa नेपाली शिक्षा विभाग, महेन्द्ररत्न क्याम्पस, ताहाचल
  • Sirjana Ghimire नेपाली शिक्षा विभाग, मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुर
  • Ashok Yadav नेपाली शिक्षा विभाग, सिराहा बहुमुखी क्याम्पस, सिराहा

DOI:

https://doi.org/10.3126/oj.v3i4.91077

Keywords:

ग्रामीण समाज, पहाडी जीवन, प्रकृति–मानव सम्बन्ध, सांस्कृतिक अभ्यास, भाषिक साहित्यिक शैली

Abstract

प्रस्तुत आलेखमा लक्ष्मीप्रसाद देवकोटाको ‘पहाडी जीवन’ निबन्धलाई विश्लेषणको केन्द्रबिन्दु बनाइएको छ । निबन्धमा ग्रामीण समाजको यथार्थ, सांस्कृतिक अभ्यास र प्रकृतिसँगको सहजीवनको जीवन्त प्रस्तुति  पाइन्छ । निबन्धमा समेटिएका प्रकृति, समाज र संस्कृतिका विशेषताहरूलाई समग्रतामा कसरी मूल्याङ्कन गर्ने भन्ने कुरालाई समस्याका रूपमा लिइएको छ । यस अध्ययनको उद्देश्य देवकोटाको निबन्धकारका रूपमा योगदान स्पष्ट पार्नु, ‘पहाडी जीवन’ मा चित्रित प्रकृति–मानव सम्बन्ध र सांस्कृतिक विशेषता पहिचान गर्नु, भाषिक र शैलीगत विशिष्टता अध्ययन गर्नु तथा नेपाली निबन्ध साहित्यमा यसले पु¥याएको योगदानको मूल्याङ्कन गर्नु हो । गुणात्मक पद्धतिमा आधारित भएर मूल पाठको अध्ययन, साहित्य समीक्षात्मक दृष्टिकोण र सैद्धान्तिक मान्यताहरूलाई प्रयोग गरिएको छ । अध्ययनबाट प्राप्त परिणामअनुसार ‘पहाडी जीवन’ निबन्ध केवल व्यक्तिगत अनुभवको अभिव्यक्ति नभई नेपाली ग्रामीण जीवनको सामूहिक दृष्टान्त बनेको छ । यसमा पहाडी समाजको कठिन जीवन, श्रमशीलता, आत्मनिर्भरता, सामाजिक सम्बन्ध, धार्मिक आस्था, सांस्कृतिक अभ्यास र प्रकृतिसँगको गहिरो सम्बन्ध प्रस्ट देखिन्छ । भाषिक दृष्टिले यसमा प्रयोग गरिएका आत्मीय शैली, उपमा, रूपक र सरल अभिव्यक्तिले निबन्धलाई कलात्मक र जीवनदर्शी बनाएको छ । निष्कर्षतः देवकोटाको ‘पहाडी जीवन’ नेपाली निबन्ध साहित्यमा यथार्थपरक, संवेदनशील र मौलिक योगदान बनेको छ किनकि यसले पहाडी समाजको आर्थिक अभाव, श्रमप्रधान जीवनशैली, सांस्कृतिक अभ्यास र प्रकृतिसँगको सहजीवनलाई प्रत्यक्ष अवलोकन र आत्मीय शैलीमार्फत चित्रित गरेको छ । सामाजिक यथार्थ र प्रकृतिप्रेमलाई दार्शनिक जीवनदृष्टिसँग जोडेर प्रस्तुत गरिएकाले निबन्ध जीवनदर्शी बनेको देखिन्छ । यसले पाठकलाई सामाजिक चेतना, प्रकृतिप्रतिको सम्मान र मानवीय सहानुभूतितर्फ प्रेरित गर्नुका साथै पहाडी समाजका मानिसहरूको उद्यमशीलता र पौरखी जीवनलाई व्याख्यात्मक ढङ्गले प्रस्तुत गरी समाज र संस्कृतिप्रतिको गहिरो समझ प्रकट गरेको छ  । 

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Downloads

Published

2026-02-23

How to Cite

Dhakal, K. R., Sherpa, D., Ghimire, S., & Yadav, A. (2026). पहाडी जीवन निबन्ध : प्रकृति, समाज र संस्कृतिको देवकोटीय दृष्टि. Okhaldhunga Journal, 3(4), 16–23. https://doi.org/10.3126/oj.v3i4.91077

Issue

Section

Articles