शिक्षण सिकाइमा उत्तरआधुनिकतावादी चिन्तनको प्रभावः एक दार्शनिक तथा सैद्धान्तिक समीक्षा
DOI:
https://doi.org/10.3126/oj.v3i4.91076Keywords:
उत्तरआधुनिकतावाद, दार्शनिक परिवर्तन, बहुलवाद, विनिर्माण, शिक्षण सिकाइ, शैक्षिक समीक्षाAbstract
आधुनिकतावादले ज्ञान, सत्य र शिक्षालाई स्थिर र सार्वभौम रूपमा व्याख्या गर्ने प्रयास गरेको भए पनि बहुलवादी समाजमा यी दृष्टिकोण पर्याप्त प्रभावकारी छैनन् । यसले शिक्षणसिकाइ प्रक्रियामा आलोचनात्मक सोच, सिर्जनशीलता र सन्दर्भअनुसार निर्णय क्षमतालाई सीमित बनाएको पाइन्छ । यस अध्ययनले उत्तरआधुनिक अवधारणाहरूः जस्तै बहुलवाद, सापेक्षता र सामाजिक ज्ञान विनिर्माणले शिक्षण सिकाइमा कसरी लचिलोपन र नयाँ दृष्टिकोण ल्याउँछन् भन्ने दार्शनिक विश्लेषण गरेको छ । गुणात्मक तथा दार्शनिक समीक्षा विधिमा आधारित यस अध्ययनले ल्योटार्ड र फुकोजस्ता प्रमुख उत्तरआधुनिक चिन्तकका विचारहरूलाई शिक्षाका उद्देश्य, पाठ्यक्रम, विधि र मूल्याङ्कनसँग सम्बन्धित गरेर व्याख्या गरेको छ । ज्ञान स्थायी वा सार्वभौम नभई सामाजिक रूपमा निर्मित, परिवर्तनशील र सन्दर्भअनुसार पुनःव्याख्या गर्न सकिने प्रक्रियाका रूपमा बुझिनु पर्छ भन्ने कुरा अध्ययनले देखाउँछ । यस अध्ययनले शिक्षकलाई ज्ञानको एकमात्र स्रोत होइन, सहजीकरणकर्ता र शिक्षार्थीलाई सक्रिय ज्ञान निर्माताका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यस दृष्टिकोणले शिक्षालाई परम्परागत ज्ञान हस्तान्तरणबाट माथि उठाई लचिलो, समावेशी र आलोचनात्मक बनाउन सहयोग पु¥याउँछ । विशेषतः नेपालजस्तो बहुलवादी समाजमा यसले स्थानीय ज्ञान, विविध पहिचान र न्यायपूर्ण शिक्षा प्रणालीको विकासमा सैद्धान्तिक आधार प्रदान गर्न सक्छ ।