शिक्षामा प्रकार्यवाद
DOI:
https://doi.org/10.3126/oj.v1i1.68972Keywords:
शैक्षिक प्रयोग, संरचनात्मक प्रकार्यवाद, प्रकार्यवाद संरचनावादAbstract
अगस्ते कम्ते, इमाइल दुर्खिम, हर्वट स्पेन्सर जस्ता विद्वान समाजशास्त्री र चिन्तकहरूबाट प्रकार्यवाद संस्थापित र विकसित हुँदै आएको हो, धर्म, संस्कृति, परम्परा चालचलन पद प्रतिष्ठा दौलत जस्ता यावत पक्ष समाजमा विद्यमान हुन्छ । तिनिहरूको प्रणाली बद्ध मिलनले सामाजिक संरचना बनेको हुन्छ र प्रकार्य गरिरहेका हुन्छन् । हरेक पक्षको सन्तुलित प्रकार्यको कारण समाज पनि सन्तुलित रूपमा सञ्चालन भइरहेको हुन्छ भन्नु नै प्रकार्यवादको मूल मर्म हो । द्वन्द्वात्मक गतिशीलताको यथार्थलाई अनदेदा गरेकाले यसलाई यथास्थितिको पक्षपोषक सिद्धान्त भनी आलोचना पनि हुने गरेको छ प्रस्तुत लेखमा प्रकार्यवादको सन्दर्भ उठ्दा संरचनाको पक्ष भूलेर चर्चा गर्नु अर्थपूर्ण हुन नसक्ने दावी गरी प्रकार्यलाई संरचनाकै सापेक्षतामा हेरिनुपर्ने दावी गरिएको छ । जसका लागि, निर्दिष्ट समस्यामा आधिारित भई प्रकार्यवादको अर्थ परिभाषा केलाउनु, संरचनात्मक प्रकार्यवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रम पर्गेल्नु, यसका शक्ति र सीमा पहिचान गर्नु तथा शैक्षिक प्रयोगको स्थिति केलाउनु जस्ता उद्देश्यमा केन्द्रित भई छलफल गरिएको छ । निष्कर्षतः प्रकार्यवाद आफ्नो यथास्थिति वादी विशेषताका कारण प्रतिरक्षात्मक हुन पुगेको भए पनि नेपालका विविधताको परिवेशमा शिक्षामा अंशतः कामयावी भएको टङ्गोमा पुगिएको छ । प्रस्तुत अध्ययनका निम्ति पुस्तकीय अध्ययन कार्य गरी विश्लेषणात्मक अध्ययन विधि अपनाइएको छ ।