नेपालको भाषानीति र कार्यान्वयनको अवस्था

Authors

  • मिना Mina भुसाल Bhusal

DOI:

https://doi.org/10.3126/oj.v1i1.68971

Keywords:

भाषिक नीति, सामुदायिक विद्यालय

Abstract

नेपालको  भाषानीति र योजना कस्ता छन, कार्यान्वयनमा देखिएका समस्याको के के छन्?वर्तमान अवस्था कस्तो छ र कार्यान्वयनमा कस्ता चुनौतिहरू छन् भन्ने उद्देश्य तय गरी प्रस्तुत लेख तयार पारिएको छ । भाषा संस्कृति एवम् जातिगत विविधता मुलुकको मौलिक पहिचानको फुलबारी हो । जातीय धर्म संस्कृति एवं समय विकासका गतिविधिलाई अभिलेखीकरण गर्न सर्वप्रथम लिपि र भाषा चाहिन्छ । नेपाल बहु सांस्कृतिक तथा बहुभाषिक सामाजिक परिवेशमा हुर्केको मुलुक हो । बहुभाषिक मुलुकमा सानै भाषाको अस्तित्वलाई जोगाएर बराबरी स्तरबाट भाषिक संयोजन तथा विकास गर्ने कार्य चुनौतीपूर्ण हुन्छ । समाज र समयसँग अध्यावधिक बन्दै परिवर्तित सन्दर्भमा सबै भाषाको संरक्षण, संवर्धन र विकास गर्न समाज र संस्कृति अनुकूल नीति तथा योजनाको आवश्यकता पर्छ । नीति निर्माताले मूल भाषा, सरकारी कामकाजको भाषा, परिपूरक भाषा निर्क्योल गर्दादेखि भाषाका हरेक कार्यमा धार्मिक, सास्कृतिक एवं संस्कारगत पक्ष सबलतालाई हेर्नुपर्छ । मुलुकभित्रका सम्पूर्ण भाषाहरूको संरक्षण, संवर्धन र विकास गर्दै अगाडि बढ्नुपर्छ । भाषाको विकास बाटै जाति, धर्म, संस्कार एवं संस्कृति र समाजको पहिचान हुने हा । देशको स्वाभिमान जोगाउने आधार पनि यही हो । त्यसकारण सबै भाषाको विकास, संरक्षण र सम्बर्द्धन गर्न भाषानीति तथा योजना प्रभावकारी हुन आवश्यक छ भन्ने निष्कर्षमा पुगिएको छ । यस निष्कर्षका लागि प्रस्तुत अध्ययनमा अन्र्तवार्ता , पुस्तक र नीतिहरू  अध्ययन गरी विश्लेषणत्मक विधिको प्रयोग गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
24

Downloads

Published

2024-08-22

How to Cite

भुसाल Bhusal म. M. (2024). नेपालको भाषानीति र कार्यान्वयनको अवस्था. Okhaldhunga Journal, 1(1), 26–39. https://doi.org/10.3126/oj.v1i1.68971

Issue

Section

Articles