बोलाइ र लेखाइमा कोड मिश्रणको प्रयोग

Authors

  • झगिन्द्र राज Jhagindra Raj ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/oj.v1i1.68970

Keywords:

शिक्षण सिकाइ, समाजभाषा, बहुभाषिक, कोडहरू

Abstract

प्रस्तुत लेख नेपाल मातृभाषाका विद्यार्थीहरूले दास्रो भाषाका रूपमा नेपाली सिकाइका क्रममा कक्षाकोठाभित्र वा बाहिर बोलाइ र लेखाइका क्रममा हुने कोड मिश्रणबारे शिक्षकद्वारा प्रस्तुत गरिएका अनुभव र धारणाको खोजी र विश्लेषणमा केन्द्रित छ । सम्बद्ध साहित्यको समाजशास्त्रीय सिद्धान्तबाट अवधारणात्मक आधार तयार गरी त्यसको प्रयोग गरिएकाले यो लेख प्रायोगिक, विश्लेषणात्मक र गुणात्मक प्रकृतिको रहेको छ । समाजभाषाविज्ञानको सैद्धान्तिक आधारमा रहेर बोलाइ र लेखाइमा हुने कोड मिश्रणको प्रयोगबारे शिक्षकका अनुभव, बुझाइ र धारणाको बारेमा यस लेखमा चित्रण गरिएको छ । यस लेखमा शिक्षकबाट प्राप्त धारणालाई केलाउँदा कक्षाकोठा भित्र वा बाहिर सिकाइका क्रममा बोलाइ र लेखाइमा कोड मिश्रणको प्रयोग हुने गरेको पाइयो । यसको प्रयोगले नेपाली भाषा बोलाइ र लेखाइमा सहजता भएको र सिकाइ प्रभावकारी हुने गरेको पाइयो । नेपाल भाषामा ट, ठ, ड, ढ वर्ण उच्चारण नहुने भएकाले नेपाली भाषाका शब्द उच्चारणमा समस्या हुने गरेको पाइयो । बोलाइ र लेखाइमा स्वतन्त्रलेखन र वर्णनात्मकलेखन गर्दा तथा कुराकानी, छलफल र अन्तक्र्रिया गर्दा कोड मिश्रणको प्रयोग हुने गरेको पाइयो । समग्रमा शिक्षणसिकाइका क्रममा बोलाइ र लेखाइमा विद्यार्थीहरूबाट कोड मिश्रण हुने गरेको र त्यसले सिकाइ र बुझाइलाई सहजीकरण गर्दै सकारात्मक उर्जा दिने काम गरेको भन्ने शिक्षकका धारणालाई निष्कर्षका रूपमा लेखमा प्रस्तुत गरिएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
19
PDF
8

Downloads

Published

2024-08-22

How to Cite

ढकाल Dhakal झ. र. J. R. (2024). बोलाइ र लेखाइमा कोड मिश्रणको प्रयोग . Okhaldhunga Journal, 1(1), 18–25. https://doi.org/10.3126/oj.v1i1.68970

Issue

Section

Articles