भाषा शैक्षणिक अनुसन्धानमा परिमाणात्मक अनुसन्धान विधिको उपयोग

Authors

  • इन्द्रप्रसाद Indraprasad तिमल्सेना Timalsena

DOI:

https://doi.org/10.3126/oj.v1i1.68969

Keywords:

मिश्रित विधि, भाषा शैक्षणिक अनुसन्धान, गुणात्मक विधि, परिमाणात्मक विधि

Abstract

प्रस्तुत अध्ययन भाषा शैक्षणिक खोज अनुसन्धानका क्षेत्रमा परिमाणात्मक विधिको प्रयोगबारे चर्चा गर्न केन्द्रित छ । सन्दर्भगत चर्चाका सिलसिलामा भने यहाँ गुणात्मक र मिश्रित अनुसन्धानका विषयमा पनि चर्चा गरिएको छ । नयाँ विषयको खोजका लागि विभिन्न प्रकारका विधिहरू अपनाइन्छन् । अनुसन्धान कार्य गर्दा कहिले कुनै स्थापित सिद्धान्तलाई आधार मानिन्छ भने कहिले विभिन्न व्यवहारको अध्ययन गरी निष्कर्षमा नयाँ सिद्धान्त प्रतिपादन गरिन्छ । पूर्वस्थापित सिद्धान्तको प्रकाशमा अनुसन्धान गर्न र सिद्धान्तका सुधारात्मक पक्ष सुधारी परिणामको सामान्यीकरण गर्न परिमाणत्मक विधि नै बढी वैज्ञानिक हुन्छ । तर पनि यसलाई वस्तुगत बनाउने नाममा हुन जाने यान्त्रिकताको सम्भावना घटाउन परिमाणात्मक खोजका निष्कर्षका सामाजिक आदि कारण पर्गेली समावेश गर्न सके झन् प्रभावकारी हुने निष्कर्षमा पुगिएको छ । त्यस अघि अनुसन्धानको अर्थ, परिभाषा, प्रकार , तिनको शैक्षिक तथा भाषा शैक्षणिक प्रयोग बारे चर्चा गरी छलफलका आधारमा निष्कर्षमा पुगिएको छ । यो लेख तयारीका क्रममा सैद्धान्तिक अवधारणा निर्माणका लागि र सन्दर्भगत चर्चाका क्रममा विभिन्न पुस्तक तथा लेख रचनाहरू अध्ययन गर्न पुस्तकालयीय अध्ययनमा जोड दिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
20
PDF
12

Downloads

Published

2024-08-22

How to Cite

तिमल्सेना Timalsena इ. . I. (2024). भाषा शैक्षणिक अनुसन्धानमा परिमाणात्मक अनुसन्धान विधिको उपयोग . Okhaldhunga Journal, 1(1), 11–17. https://doi.org/10.3126/oj.v1i1.68969

Issue

Section

Articles