नारी बालकाव्यकारका प्रवृत्ति
DOI:
https://doi.org/10.3126/oj.v1i1.68968Keywords:
प्रतिनिधित्व, गतिशील, कौतूहलAbstract
नेपाली बालकाव्य लेखन परम्पराको थालनी लक्ष्मीप्रसाद देवकोटाको ‘राजकुमार प्रभाकर’ (वि.सं. १९९७) बालकाव्यबाट भएको हो । नेपाली साहित्यमा बालकाव्यका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटापछि धेरै बालकाव्यकारहरू देखापरे र तीमध्ये केही नारी साहित्यकारहरूले पनि बालकाव्यको रचना गरेको भेटिन्छ । नेपाली साहित्यमा देखिएका नारी बालकाव्यकारहरूले बालोपयोगी, बाल परिचित र बालकका लागि आकर्षक हुने विभिन्न विषयवस्तुमा आधारित भई बालकाव्यहरूको रचना गरेको देखिन्छ र ती बालकाव्यहरू सरल र सरस भाषाशैली, सुमधुर लय, सङ्गठित संरचना, उपयुक्त पात्रविधान, आकर्षक चित्रप्रयोग आदिका दृष्टिले बालोचित रहेका छन् । यी बालकाव्यहरू बालकहरूलाई मनोरञ्जन प्रदान गर्दै नैतिकताको पाठ पनि सिकाउन सफल बनेका छन् भन्ने विश्लेषण यस लेखमा गरिएको छ ।