शिक्षक सिकाइले पेसागत व्यक्तित्व निर्माणमा खेल्ने भूमिका {The Role of Teacher’s Learning in the Development of Professional Personality}

Authors

  • रामदेव Ramdeo मण्डल Mandal Department of Nepali Education, Suryanarayan Satyanarayan Morbaita Yadav Multiple Campus Siraha, Tribhuvan University

DOI:

https://doi.org/10.3126/oas.v2i1.65616

Keywords:

profession, professional development, personality development, व्यक्तित्व निर्माण, पेसागत उन्नयन, पेसा

Abstract

शिक्षकको  पेसागत  विकास  भनेको शिक्षकलाई  पेसाप्रति  पूर्ण  रूपमा  समर्पित  भई  कर्तव्यनिष्ठ, अद्यावधिक र कार्यकुशल बनाउने पद्धति हो । प्रस्तुत अध्ययनमा कुन माध्यमको शिक्षक सिकाइले पेसागत व्यक्तित्व निर्माणको कुन पक्षमा योगदान दिन्छ भने विश्लेषण गर्नु यसको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा संरचित रहेको छ । पुस्तकालयीय अध्ययन, अनुसन्धानमूलक लेख, विधुतीय सामग्री र पत्रपत्रिकाहरू बाट द्वितीय स्रोतका सामग्री सङ्कलन गरी वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको  छ  । यस  अध्ययनमा नवीनतम  सूचना  प्रविधिलाई  सिकाइमा  उपयोग  गरी स्वनिर्देशित, ज्ञानप्रति अद्यावधिक, अनुसन्धेय विषयलाई प्रकाशन र प्रसारण  गरिएको छ । जसले गर्दा शिक्षकको वृत्ति विकासमा टेवा पुगेको छ । शिक्षकसँग संज्ञानात्मक ज्ञान, सिप, चिन्तनशील विचार, कार्यप्रतिको  प्रतिवद्धता,  स्वःमूल्याङ्कन,  नयाँ  शिक्षण  कौशलको  ज्ञान,पेसाप्रति  प्रतिवद्धता,पेसागत विकासको लागि योजना निर्माण, अनुभवको साटासाट, जर्नलहरूको निर्माण, भ्रमण अनुसन्धान कार्य आदिलाई वैयक्तिक परिप्रेक्ष्यसँग जोडिएको हुनाले व्यक्तित्व निर्माणमा सहयोग पुगेको छ । शिक्षकको व्यक्तित्व निर्माणको लागि विद्यालय परिवार, सामुदायसँग शिष्टाचारको व्यवहार गर्नुपर्दछ । इमान्दारी पूर्ण जिम्मेवारी वहन गर्नुको साथै सकेजति सेवामा नै समर्पित रह्नुपर्ने हुन्छ । शिक्षकको नेतृत्वदायी भूमिकाले व्यक्तिलाई सक्रिय बनाउँछ, जसले गर्दा व्यक्तित्व निर्माणमा मदत पुग्दछ l तसर्थ  व्यक्तित्व निर्माणमा  शिक्षण  पेसालाई  नै  सर्वोपरि  ठानिएको  छ  ।  व्यक्तित्व  निर्माणले आफ्नो  जीवन  र  अरू व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्दछ । व्यक्तिवृत्तिले पेसालाई मर्यादित र आकर्षण बनाउँदछ । {Teacher’s professional development signifies the system to devote the teachers and making them dutiful, up-to-date and efficient in their profession.  This paper attempts to analyze the factors which contribute in the different aspects of professional personality of teachers. This study is qualitative in nature. The secondary sources of data collected through library studies, research articles, e-materials and newspaper were analyzed through descriptive method. Through  this  study,  it  was  found  innovative  information  technology  has  supported  in  the professional growth of the teachers. Cognitive knowledge, skills, creative thinking, devotion of teachers, self-evaluation, knowledge of new teaching methods, devotion towards profession, planning  for  professional  development,  sharing  of  experience,  publications  of  journals, research works which are associated with personality development. Teachers’ leadership role makes them proactive. Good personality helps in one’s life and influence upon others’ life as well. Personality development makes teachers’ profession dignified and attractive.}

 

Downloads

Download data is not yet available.
Abstract
44
PDF
32

Downloads

Published

2023-12-31

How to Cite

मण्डल Mandal र. R. (2023). शिक्षक सिकाइले पेसागत व्यक्तित्व निर्माणमा खेल्ने भूमिका {The Role of Teacher’s Learning in the Development of Professional Personality}. Orchid Academia Siraha, 2(1), 115–123. https://doi.org/10.3126/oas.v2i1.65616

Issue

Section

Articles