TY - JOUR AU - पन्त प्रतीक्षा, साधना PY - 2020/12/31 Y2 - 2024/03/28 TI - विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा जैविकीय उत्पीडन [Biological Persecution in Bishweshwar Prasad Koirala's Novel] JF - NUTA Journal JA - NUTA Jnl VL - 7 IS - 1-2 SE - Articles DO - 10.3126/nutaj.v7i1-2.40010 UR - https://nepjol.info/index.php/nutaj/article/view/40010 SP - 161-173 AB - <p>विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा नारी पात्रको केन्द्रीयता रहेको छ । उनका सबैजसो उपन्यासको प्रमुख भूमिकामा नारी पात्रहरू नै रहेका देखिन्छन् । यसै सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो । यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उनका उपन्यासहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले पितृसत्ता तथा त्यसभित्रको लैङ्गिक विभेदलाई नारीउत्पीडनको प्रमुख कारण मानेको छ । यस लेखमा पितृसत्तात्मक सामाजिक संरचनाभित्र स्थापित लैङ्गिकताअन्तर्गत नारी–जैविकीय उत्पीडनका आधारहरूको प्रस्तुति गरिएको छ । यसमा जैविकीय आधारमा नारीहरूले झेल्ने उत्पीडनसम्बन्धी  मान्यताको चर्चा गरिएको छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा कोइरालाका तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा उपन्यासहरूमा परम्परागत पितृसत्तात्मक मूल्यको प्रस्तुति कसरी गरिएको छ र सोही मूल्यभित्र महिलाहरूले केवल महिला भएकै कारण झेल्नुपर्ने उत्पीडनका कस्ता सन्दर्भहरूको अभिव्यक्ति भएको छ भन्ने समस्याको समाधान खोजिएको छ । उपर्युक्त समस्याहरूको प्राज्ञिक समाधान खोजिनु यस लेखको उद्देश्य हो । यसै उद्देश्यमा आधारित रहेर कोइरालाका उपन्यासहरूमा प्रयुक्त पितृसत्तात्मक सामाजिक परिवेश तथा त्यसभित्र स्थापित मूल्यका कारण नारीहरूले झेल्नुपर्ने जैविकीय उत्पीडनको विश्लेषण प्रस्तुत लेखमा गरिएको छ । यो लेख साहित्यिक भएको हुनाले सोहीअनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट तिनलाई विश्लेषण गरिएको । कोइरालाले आफ्ना उपन्यासमा नारीउत्पीडनको प्रस्तुति गरेर उत्पीडित नारी पात्रहरूको भोगाइका माध्यमबाट स्थापित पुरातन मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष पनि यसमा निकालिएको छ । [In Bishweshwar Prasad Koirala's novels, there is a centrality of female characters. In most of her novels, female characters seem to be in the lead roles. A research article has been prepared in this regard. It analyzes her novels based on feminist ideological beliefs. Feminist beliefs have identified patriarchy and gender discrimination within it as the main cause of women's oppression. In this article, gender is established within the patriarchal social structure The bases of women-biological oppression under gender have been presented. It discusses the perceptions of harassment faced by women on biological grounds. Based on the above theoretical beliefs, Koirala's novels Tinghumti, Narendra Dai, Sumnima, Modi, Hitler and Jew and Father, Mother and Son have explored how traditional patriarchal values ​​are presented and what are the contexts of oppression that women have to endure just because they are women. The purpose of this article is to find scientific solutions to the above problems. Based on this objective, the patriarchal social environment used in Koirala's novels and the biological oppression of women due to the values ​​established within it are analyzed in this article. As this article is a literary one, it has been analyzed by analyzing method by collecting material from the library work accordingly. Koirala established women's oppression in his novels through the experiences of oppressed female characters. It also concludes that there should be a change in the old values.]</p> ER -