रमेश विकलका उपन्यासमा रसविधान {Romanticism in Ramesh Bikal's novel}

Authors

  • विष्णुप्रभा उपाध्याय वाल्मीकि विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालय नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v10i1-2.63077

Keywords:

रसविधान, विभाव, स्थायी भाव, आलम्बन, उद्दीपन

Abstract

प्रस्तुत लेखमा आख्यानकार रमेश विकल (१९८५–२०६५) द्वारा लिखित र हालसम्म प्रकाशित ‘सुनौली’ (२०३१), ‘विक्रम र नौलो ग्रह’ (बालउपन्यास, २०३९), ‘अविरल बग्दछ इन्द्रावती’ (२०४०) तथा ‘सागर उर्लन्छ सगरमाथा छुन ’(२०५२) शीर्षकका चार उपन्यासमध्ये ‘विक्रम र नौलो ग्रह’ बालउपन्यासबाहेक अन्य तीनओटा उपन्यासमा रसप्रयोगको खोजीसहित विवेचना गरिएको छ । उपर्युक्त उपन्यासहरूमा रसप्रयोगको खोजी र  विवेचना गर्ने सन्दर्भमा सैद्धान्तिक आधारको निर्माण  पुस्तकालयीय स्रोतमा केन्द्रित भई गरिएको छ । विकलका उक्त तीनओटा उपन्यासको अध्ययन गरी विभिन्न रस परिपाक भएका प्रतिनिधिमूलक उद्धरणहरू खोजेर रससामग्रीका आधारमा तिनको विश्लेषण गरिएको छ । यस क्रममा ‘सुनौली’ उपन्यासमा चित्रित समाजमा यौनलाई अत्यन्त अमर्यादित र अश्लील ढङ्गले प्रस्तुत गर्ने महिला र पुरुषका व्यवहारहरूलाई केलाइएको छ अनि शृङ्गार रसको प्राधान्य निरूपण गरिएको छ । ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास सामन्तवादी उत्पीडनको विरोध र उत्पीडितवर्गको मुक्तिमा केन्द्रित रहेको तथा यसमा वर्गसङ्घर्ष, विद्रोहीचेतना र मुक्तिको सन्देशलाई मुखरित गरिएको निष्कर्षसहित यस उपन्यासमा रौद्र, भयानक र करुण रसको आधिक्य देखाइएको    छ  । ‘सागर उर्लिन्छ सगरमाथा छुन’ उपन्यास प्रतिशोधको भावनाले उद्विग्न र राजनीतिक प्रतिगमन खोज्ने भ्रष्ट आचारका निरङ्कुश चरित्रहरू तथा तिनले गरिरहेका षड्यन्त्रपूर्ण क्रियाकलापप्रतिको आलोचनात्मक अभिव्यक्ति हो भन्ने निष्कर्ष निकाल्दै यस उपन्यासमा रौद्र रस र भयानक रसका साथै अन्य रसहरूको  प्रयोगलाई सोदाहरण  प्रस्तुत गरिएको छ । समग्रमा यस लेखमा भरतमुनिको नाट्यशास्त्रमा प्रस्तुत रससूत्रको सैद्धान्तिक अवधारणाका आधारमा रमेश विकलका उल्लिखित तीनओटै उपन्यासमा प्रयोग भएका रसहरूको खोजी र चर्चा गरी अन्त्यमा निष्कर्ष दिइएको छ । {The presented articles include 'Sunauli' (2031), 'Vikram and Naulo Graha' (children's novel, 2039), 'Aviral Bagdhcha Indrawati' (2040) and 'Sagar Urlanchha Sagarmatha Chuna' (The Ocean Urlanchh Sagarmatha Chun), written by the narrator Ramesh Bikal (1985-2065) and published till now. 2052) out of the four novels titled 'Vikram and Naulo Graha', apart from the children's novel, three other novels have been analyzed with the search for romanticism. In terms of researching and discussing the use of romanticism in the above-mentioned novels, the construction of the theoretical base has been done by focusing on the library sources.After studying the three novels of Bikal, representative quotations with different romanticism have been found and analyzed on the basis of genre content. In this process, the behavior of men and women who present sex in a very unrestricted and obscene manner in the society depicted in the novel 'Sunauli' has been criticized and the preference of cosmetics has been shown.The novel 'Aviral Bagdhcha Indrawati' focuses on the opposition to feudal oppression and the liberation of the oppressed class, and with the conclusion that the message of class struggle, rebel consciousness and liberation is voiced in this novel, the excess of raucous, terrible and compassionate emotion is shown in this novel.Concluding that the novel 'Sagar Urlindea Sagarmatha Chhuna' is a critical expression of the autocratic characters of corrupt morals and their conspiratorial activities who are motivated by the feeling of revenge and seeking political regression, the use of Rudra genre and Horrible genre as well as other genre are presented in this novel.Overall, in this article, based on the theoretical concept of genre Sutra presented in Bharatamuni's Natya Shastra, the genre used in all the three novels mentioned by Ramesh Bikal have been searched and discussed and the conclusion is given at the end.}

Downloads

Download data is not yet available.
Abstract
71
PDF
61

Downloads

Published

2023-12-31

How to Cite

उपाध्याय व. (2023). रमेश विकलका उपन्यासमा रसविधान {Romanticism in Ramesh Bikal’s novel}. NUTA Journal, 10(1-2), 195–203. https://doi.org/10.3126/nutaj.v10i1-2.63077

Issue

Section

Articles