‘पछबरिया टोल’ कथामा सांस्कृतिक स्वरूप (Cultural form in the story 'Pachbaria Tol')

Authors

  • शारदा लामिछाने नेपाली विभाग, पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय नेपाल

Keywords:

परिधीय संस्कृति, भूमण्डलीकरण, जैविक बुद्धिजीवी, विमर्शात्मक संरचना, सीमान्तकृत, peripheral culture, globalization, biological intellectuals, discursive structures, marginalized

Abstract

प्रस्तुतआलेखमाऋषिराज बरालको‘पछबरिया टोल’कथामासांस्कृतिकसैद्धान्तिक मान्यताकाआधारमा राजनीतिकसंस्कृतिको उद्घाटन गरिएको छ । यस अध्ययनले समाज, साहित्य र संस्कृतिकाबिचको सम्बन्धलाई स्पष्ट पार्नुका साथै समाजविकासको कुनै कालखण्डको यथार्थलाई पनि प्रस्तुत गर्ने प्रयास गरेको छ ।यसमापछबरिया टोल कथामा वर्णन गरिएको पूर्वी तराईको दक्षिण सीमावर्ती क्षेत्रमा बस्ने शोषित र उपेक्षितमधेशी समुदायमाहुने गैरलोकतान्त्रिकचुनावीगतिविधिलाई उद्घाटन गर्नुका साथै नेपाली समाजकाप्रभुत्वशालीवर्गद्वारा अधीनस्थवर्गमाथि गरिने अन्याय, अत्याचार, शोषण, उत्पीडनको अवस्थालाई चित्रण गर्नु यस लेखको उद्देश्य हो ।प्रस्तुतलेख तयार पार्नका लागिआवश्यक सामग्रीको सङ्कलन पुस्तकालयविधिको उपयोग गरी प्राथमिक र द्वितीयक स्रोतबाट गरिएको छ भने सांस्कृतिकअध्ययन पद्धतिको निर्माण गरी वर्गगत संस्कृति, राजनीतिक संस्कृति, परिवेशगत संस्कृति, प्रभुत्व र प्रतिरोधको अवस्थालाई विश्लेषणको आधार बनाइएको छ ।मूलधारको संस्कृतिले परिधीय संस्कृतिमाथि प्रभुत्व कायम राख्न अनेकौँषडयन्त्र र जालझेल गर्ने गर्दछ र परिधीय संस्कृतिले पनिप्रभुत्वशाली संस्कृतिकाविरुद्धमा बिस्तारै अवाजउठाउन थालेका छन् भन्ने नै प्रस्तुत लेखको मूलनिष्कर्ष हो ।

Abstract
344
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

‘पछबरिया टोल’ कथामा सांस्कृतिक स्वरूप (Cultural form in the story ’Pachbaria Tol’). (2022). NUTA Journal, 9(1-2), 192-201. https://doi.org/10.3126/nutaj.v9i1-2.53865

Issue

Section

Articles

How to Cite

‘पछबरिया टोल’ कथामा सांस्कृतिक स्वरूप (Cultural form in the story ’Pachbaria Tol’). (2022). NUTA Journal, 9(1-2), 192-201. https://doi.org/10.3126/nutaj.v9i1-2.53865